शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • आज देशभर माघी पर्वको उल्लास

आज देशभर माघी पर्वको उल्लास

  • बिहिबार, माघ १, २०८२
आज देशभर माघी पर्वको उल्लास

मुगु— देशभर आज माघी पर्वको उल्लास छ । घिउ, चाकु र तरुल परिकार खाएर माघी पर्व मनाइदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघी संक्रान्ति भन्ने चलन छ ।माघी संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढंगले हर्षोल्लासपूर्वक मनाउने गर्दछन्। विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन । माघ १ बाट उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।

चर्चामा

सम्बन्धित समाचार