शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • समाज
  • निगालोको डोको बुनेर घरखर्च जुटाउदै

निगालोको डोको बुनेर घरखर्च जुटाउदै

  • शुक्रबार, माघ २, २०८२
निगालोको डोको बुनेर घरखर्च जुटाउदै

मुगु सोरु गाउ“पालिका—११ धैनकोटका धर्मे सार्की निगालोको चोया निकाले डोको बुन्दै । एक डोको बनाउन दुई दिन समय लाग्ने गरेको छ । डोको बनाई सकेपछि प्रति डोको ५ सय देखि ७ सय मुल्यमा बिक्री गर्ने गरेका छन । सानो डोकोको ५ सय र ठूलो डोकोको ७ सयमा बेच्ने गरेको सार्कीको भनाई छ । उक्त डोको बिक्री गरेर कमाएको पैसाले घर खर्च टार्ने गरेका छन । बिशेष गरेर हिउदको समयमा बन जंगल बाट निगालो खोजेर ल्याउने र डोको बनाएर बेच्ने गरेका छन । कसैले अनाज दिएर पनि डोको किन्ने गरेका छन । निगालोको चोया बाट बनेको डोको दाउरा बोक्ने मल बोक्ने धारा बाट पनि ल्याउने र लेक औल गर्दा समान बोक्ने काममा प्रयोग गर्ने गरेका छन । तस्विर हरिकेश आर्चाय मुगु धैनकोट

चर्चामा

सम्बन्धित समाचार