मङ्लबार, फाल्गुन १९, २०८२
मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • समाचार
  • मुगुमा ७ दलले गरे, उम्मेदवारी दर्ता

मुगुमा ७ दलले गरे, उम्मेदवारी दर्ता

  • मङ्लबार, माघ ६, २०८२
मुगुमा ७ दलले गरे, उम्मेदवारी दर्ता

मुगु—हिमाली जिल्ला मुगु बाट आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ राजनीतिक दल ७ जना उम्मेदवारी मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस बाट खडग बहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाल कम्यूनिष्ट पार्टी बाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी बाट भूवन टमाटा, राष्ट्रिय प्रजान्तत्र पार्टी बाट बलबहादुर मल्ल, नेत्रबिक्रम चन्द बिप्लव नेकपा माअ‍ेबादी बाट रंगबीर परियार, र प्रगतिशिल लोकतान्त्रि पार्टी बाट ऐटन मल्लले उम्मेदवारी मनोनय दर्ता गराएका छन । मनोनय दर्तामा मुख्य निर्बाचन अधिकृतको कार्यालय परिसरमा दलका कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थितिमा बाजा गाजा सहित उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन ।

चर्चामा

सम्बन्धित समाचार