मुगु —आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुगुमा ७ दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गराए पनि मुख्यतया तीन दलको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।नेपाली कांग्रेस बाट खडगबहादुर शाही एमाले बाट पूर्णहादुर रोकाया र नेपाली कम्यूनिष्ट पार्टी बाट चन्द्रबहादुर शाहीको रोचक प्रतिस्पर्धा हुने देखिएको छ । मुगुको चार वटा स्थानीयतह मध्ये खत्याड गाउपालिका बाट कांग्रेसका शाही सहित रास्वपाका भुवन टमाटा नेकपामाओबादीका रंगबीर परियार उम्मेदवार छन भने सोरु गाउपालिका बाट नेपाली कम्यूनिष्ट पार्टी बाट शाही र राप्रपाका बलबहादुर मल्ल उम्मेदवार छन ।
जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका प्रगतीशिल लोकतान्त्रिक पार्टीका एटन मल्ल र मुगुम कार्मारोङ गाउपालिका बाट एमालेका रोकाया उम्मेदवार छन ।एक निर्वाचन क्षेत्र रहेको मुगुमा साना चार दलको उम्मेदवारी भएपनि मुख्यतया कांग्रेस, एमाले र नेपाली कम्यूनिष्ट पार्टी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको प्रदेश निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन । एमाले जिल्ला कमिटीका अध्यक्ष रोकायाको पनि यो प्रथम चुनावी मैदान हो ।
रोकाया निर्बमान जिल्ला समँवय समितिका प्रमुख पनि हुन । त्यसै गरि नेपाली कम्यूनिष्ट पार्टीका शाही भने २०५६ सालको संंसदीय निर्वाचनमा बिजयी भएका हुन । त्यसै गरि २०७४ सालको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट बिजयी भएका थिए ।पहिले मतदाताको तुलनमा मुगुमा पहिलो कांग्रेस, दोश्रो एमाले, तेश्रो, माआबादी र चौथो एकिकृत समाजबादी पार्टी हुन । तर अहिले माओबादी र एकिकृत समाजबादी पार्टी एकता भएपछि तीन पार्टी बीच प्रतिस्पर्धा देखिएको छ । निर्वाचन कार्यालयका अनुसार मुगु जिल्लामा ३६ हजार ३१ जना मतदाता रहेका छन् । चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदान स्थल र ७९ मतदान केन्द्र तोकिएका छन् ।
महिला उम्मेदवार शुन्य
मुगुमा महिला उम्मेदवार भने शुन्य देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मुगुमा कुनै पनि राजनीतिक दलले महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाएको देखिएन ।