मुगु —नेपाली कांग्रेसले सभापति गगन थापालाई आउँदो चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावमा पुष्पा भुसालको समर्थनपछि सर्वसम्मत रुपमा गगन थापालाई प्रधानमन्त्री बनाउने निर्णय गरिएको हो । शुक्रबार विशेष महाविधेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारीहरुले पदभार ग्रहण गरेपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री अघि सार्ने निर्णय गरेको हो ।
कांग्रेसले चुनाव अघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको यो तेस्रो पटक हो। २०१५ सालमा विपी कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो भने २०५६ मा कृष्णप्रसाद भट्टराईलाई कांग्रेस उम्मेदवार घोषणा गरेको हो ।।