मुगु—मुगुमा यो बर्षकै पहिलो हिमपात भएको छ ।शुक्रबार मध्यान्ह बाट मौसममा बदलिई भइ गएराति बाट बर्षा संगै हिमपात भएपछि किसानहरु उत्साहित भएका छन । मुगुको सोरुकोट, कालै, जडेपानी,पोखरी, पर्यटकियस्थल रारा, मुमा, ताल्चा, मुन्दु, कोटिला, माथितुम, सोभा, डोल्फू, मुगु, किम्री, चितै लगायत बस्तीमा हिमपात भएको छ ।
सोरुकोट र रारामा आधा फिट हिउ परेको छ ।हिमपात बनपाखा गाउबस्ती रुखहरु सेताम्य भएका छन यो बर्षकै पहिलो हिमपात भएको सोरु गाउपालिका—६ का बिनोद शाहीले बताउनु भयो । लामो समय देखिको खडेरीले काकाकुल भएका किसान बर्षा र हिमपातले राहात भएको उनको भनाई छ ।जिल्ला उत्कृष्ट पर्यटकिय गन्तब्य रारामा पनि यो बर्षकै पहिलो हिमपात भएको छ । हिमपात हुदा घुम्फिर गर्न आएका पर्यटकरु खुशी भएका छन । रारामा यो बर्षकै पहिलो हिमपात भएको रारा राष्टिय निकुञ्ज कार्यालयका रेन्जर रनबहादुर रोकायाले जानकारी गराए । हिमपातले रारा सेताम्य भएको उनको भनाई छ ।
बिगत बर्षहरुमा पुस महिना देखि नै हिमपात हुने गथ्र्यो भने गत बर्ष देखि माघ दोश्रो साता बाट हिमपात हुन थालेको स्थानीयको भनाई छ । हिमपातले अन्नबाली सुबिकाल र फलफुल जडिबुटी उत्पादनमा बढने आसा गरिएको छ । हिमपातले फलफुल र बालीमा लाग्ने रोग किराहरु नष्ट हुने पानीका मुहान बढने बनपाखामा घास उम्रिएर चौपाय बस्तुलाई सहज हुने किसानको भनाई छ ।