बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • दुर्गमका कविराज र क्यामेरा

दुर्गमका कविराज र क्यामेरा

  • आइतवार, माघ ११, २०८२
दुर्गमका  कविराज र क्यामेरा

मुगु-मुगुका कविराज कार्की फोटोग्राफरमा उत्कृष्ट छन । मौसम र ऋतु अनुसार प्राकृति संग लुकामारी फोटो र भिडियो खिच्न दौडिन्छन । जन्मेको करिव १४ बर्ष देखि आफनो जन्मथलो सुकाढिक गाउमा फोटो खिच्न सुरु गरेका कार्कीले बुढेशकाल सम्म पनि हातमा क्यामेरा बोडेर फोटो खिच्न बनपाखा गाउबस्तीतिर दौडिन्छन । मौसम अनुकुल हिमपात, वनमा फुल फुलेको बेला, बन्यजन्तु, चरा, मेला पर्वहरुको फोटो खिच्न कार्कीको ठूलो रहरको बिषय बनेको छ ।
फोटो र भिडियो खिच्नु केवल रहर मात्र नभएर मुगुको पहिचानलाई राष्टिय तथा अन्तराष्टिय सामु पुरयाउनु कार्कीको मुख्य लक्ष्य हो ।

लामो समय सम्म नेपाल टेलिभिजनमा आबद्ध भएर मुगुमा लुकेका ओझेलमा परेका बिषय बस्तुलाई उठान समेत गर्न उनी सफल भए । पैसा भन्दा पनि जिल्लाको पहिचानको निम्ति मेरो फोटोग्राफर उदेश्य रहेको उनको भनाई छ । उहीले देखि अहिले सम्म कार्कीले ऋणसापट गरेर महंगो क्यामरा प्रयोग गर्दै आएका छन । मुगुबासीले पनि कार्कीलाई उत्तिकै आदर र सम्मान गर्ने गरेका छन । यो पेसाले उनलाई धनी बनाएको छैन तर इज्जत र सम्मान बढाएको छ । धेरै निकाय बाट कार्कीले सम्मान पनि पाइसकेका छन । आफनो पेसालाई ओझेलमा पार्ने उनको पटक्कै मन छैन ।

बुढाकालले छोए पनि क्यामेरा बोक्ने रहर मरेको छैन ।  सकभर राजनीतिक आफुलाई आक्षेत नलागोस भन्ने सोच कार्कीको छ । कार्कीको काम र मिहिनेत देखेर केही महिना अघि  उज्योलो नेपाल पार्टीले उनलाई जिल्ला संयोजकको अफर गरेपनि कार्कीले स्वीकारेनन । मलाई राजनीतिक त्यति मन पर्दैन कार्कीले भने यो मेरो पेशाको इज्जत र सम्मान कतै दाग नलागोस भन्ने चाहाना छ । मेरो समुदायले मलाई वडाअध्यक्षको अफर गरि राखेका छन उनले भने तर मलाई त्यस प्रति सोच छैन । आफुले खिचेको भिडियो फोटोहरु र क्यामेरालाई ठूलो सम्पतिमा लिएको कार्कीको भनाई छ । मुगुको फोटो र भिडियोको लागि सबैले कार्कीलाई सझिने गर्छन ।

चर्चामा

सम्बन्धित समाचार