बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा त्रिपक्षिय प्रतिस्पर्धा उम्मेदवारलाई चुनौती

मुगुमा त्रिपक्षिय प्रतिस्पर्धा उम्मेदवारलाई चुनौती

  • मङ्लबार, माघ १३, २०८२
मुगुमा त्रिपक्षिय प्रतिस्पर्धा उम्मेदवारलाई चुनौती

मुगु—हिमाली जिल्ला मुगुमा तीन ठूला दलको बिपक्षिय चुनावी प्रतिस्र्धा देखिएको छ । कांग्रेस बाट खडगबहादुर शाही, एमाले बाट पूर्णबहादुर रोकाया र नेपाली कम्यूनिष्ट पार्टी बाट चन्द्रबहादुर शाहीको त्रिपक्षिय चुनावी प्रतिस्पर्धा देखा परेको छआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दल बीच चुनावी गठबन्धन नभएकोले निर्वाचन जित्न उम्मेदवारमा चुनौती देखिएको छ ।
भोट माग्न तीन दलका उम्मेदवार घरदैलो अभियानतिर होमिएका छन ।

कांग्रेस शाही छायानाथ रारा नगरपालिका क्षेत्रमा मतदाता भोट मागेर खत्याड हुदै सोरु तर्फ लागेका छन ।एमालेका उम्मेदवार रोकाया नगरपालिका हुदै पूर्बी मुगुम कार्मारोङ बस्तीमा भोट माग्न गएका छन । त्यसै गरि नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार शाही नगरपालिका भित्रका बस्ती मतदाता संग भेटघाट गर्दै भोट मागि रहेका छन ।बिगतका निर्वाचन भन्दा अहिलेको निर्वाचनमा मतदातामा त्यति उत्साह देखिएको छैन । भोट माग्ने बेला मात्र नेता गाउ आउने र जीत पछि बिर्सिदिने मतदाताको गुनासो छ । अर्कोतर रोजगारको खोजीमा युवाहरु पलायन भएको हुदा गाउबस्तीमा बुढापाकाहरु मात्र भएकोले चुनावी रौनक देखिएको छैन । गाउमा भएका केही युवायुवतीहरु निर्वाचन प्रहरीमा भर्ना भइसकेका छन । बिगत निर्वाचनको तुलनमा यो पटक भोट कम खस्न सक्ने आकल गरिएको छ ,।

कांग्रेस उम्मेदवार शाही पूर्व पार्टी सभापति हुन । एमाले उम्मेदवार रोकाया एमाले पार्टी अध्यक्ष छन । रोकाया यस अघि जिल्ला समन्वय समितिको प्रमुख भएका हुन । नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाही २०५६ सालको प्रतिनिधिसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचन जीत हासिल गरि सकेका छन ।कांग्रेस उम्मेदवार शाहीले भदौ २३ र २४ गतेको आन्दोलनपछि देशले परिवर्तन खोजेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरण, समावेशिता र दिगो विकास आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन ।नेकपा एमालेका उम्मेदवार रोकायाले जिल्लाको समग्र विकास, सुशासन र राजनीतिक स्थायित्व पुरा गर्ने आफ्नो मुख्य एजेन्डा रहेको जनाएका छन ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शाहीले लोकतन्त्रको संरक्षण, समावेशी विकास र जनजीविकाको सुधार युवा रोजगारलाई आफ्नो चुनावी प्रमुख मुद्दा बनाएको बताएका छन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुगु बाट ७ दलले उम्मेदवारी दर्ता गराएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी बाट भवन टमटा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल, नेकपा माओबादी बाट रंगबीगर परियार संगम र लोकतन्त्रिक प्रगतिशील बाट बाट एटन मल्ल चुनावी मैदानमा छन ।

चर्चामा

सम्बन्धित समाचार