बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगु र हुम्लामा फेरि हिमपात

मुगु र हुम्लामा फेरि हिमपात

  • बुधबार, माघ १४, २०८२
मुगु र हुम्लामा फेरि हिमपात

मुगु—मुगु र हुम्ला फेरि हिमपात । मंगलबार मध्यान्ह राति बाट बर्षासंगै फेरि हिमपात भएपछि चिसोले जनजीवन प्रभावित भएको छ । गत शुक्रबार र शनिबार परेको बाक्लो हिउ पग्लिन नपाउदै फेरि गएराति बाट रारा, मुर्मा, पिना, कोटीला, खमाले, ताल्चा, झयारी, माथितुम, रोवा, सोभा, टोप्ला, तल्लेख, घटटलेख, डोल्फू, मुगु, चितै, श्रीकोट, सोरुकोट, लगायत बस्तीमा बाक्लो हिमपात भएको छ ।  हुम्लाको सिमकोट लगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातले बनपाखा रुख बस्ती सेताम्य भएका छन । स्थानीयलाई आउजाउ गर्न कठिन भएको छ ।
दोश्रो पटकको हिमपातले अत्याधिक चिसो बढेपछि बृद्धा बालबालिका र दिर्घरोगीलाई कठिनाई भएको छ । हिमपातले उच्च लेकाली बस्तीमा रहेका बिद्यालयको पढनपाठन समेत प्रभावित हुने भएको छ । बर्षा र हिमपातले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारलाई मतदाता संग भोट माग्न घरदैलो पुग्न कठिनाई भएको छ । माथिल्लो बस्तीमा हिउ जमेपछि उम्मेदवारलाई आउजाउ गर्न कठिन भएको छ ।लामो समय देखिको खडेरीले काकाकुल भएका किसान भने बर्षा र हिमपातले राहातको महसुस गरेका छन । हिमपातले जौ गहुबाली सप्रिने फलफुल र जडिबुटी उत्पादन बृद्धि हुने मुर्मा गाउ“का कृषकको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार