मुगु —कर्णाली प्रदेशमा मनाइने मौलिक चाडपर्वलाई आउदो २०८३ सालको नेपाली पात्रोमा समावेश गर्ने तयारी गरिएको छ । त्यसको लागि सोमबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग छलफल गरिएको छ ।नेपाल सरकारका वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँको पहल कदममा समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल, कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी संग छलफल गरिएको छ ।
उक्त छलफलमा बिशेष गरि कर्णाली क्षेत्रमा प्रचलित मौलिक चाड पर्व रितीरिवाजको पहिचान तथा सांस्कृतिक महत्वलाई नेपाली पात्रोमा समावेश गर्ने बारेमम छलफल भएको मन्त्री माधव चौलागाईले बताउनु भयो । कर्णालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनका उपाय बारे पनि समिति संग भएको छ ।मन्त्री चौलागाईँले कर्णालीका चाडपर्वहरू नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै तिनलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न नेपाली पात्रोमा समावेश गर्नु आवश्यक रहेको बताउनु भएको छ ।