बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • समाज
  • गाउँको बिकासको लागि सिंहदरबार धाईरहने बिर्खबहादुर !

गाउँको बिकासको लागि सिंहदरबार धाईरहने बिर्खबहादुर !

  • बुधबार, माघ २१, २०८२
गाउँको बिकासको लागि सिंहदरबार धाईरहने बिर्खबहादुर !

मुगु —धामी पनि उनै डाक्टर पनि उनै तर गाउँको बिकासको लागि  सिंहदरबार धाइरहन्छन् बिर्खबहादुर रोकाया । मुगुको सुन्दर रारा तालको छायाभित्र रहेको मुर्मा गाउँका ५९ बर्षका बिर्खबहादुर आफनो गाउँका बिकासको लागि सिहदरबार पुगेर मन्त्री सचिव आफना चिनजानका कर्मचारी सित भेटेर समस्या पोख्ने र बजेटको पहल गरि दिन आग्रह गर्ने गरेका छन । २०५४ सालमा पहिलो पटक काठमाडौ आएका बिर्खबहादुर अहिले पनि गाउँको समस्या बोकेर महिनै पिच्छे काठमाडौ झर्ने गरेका छन आतेजाते खर्च आफै जोहो गर्ने गरेका छन । उनी कुल मष्टा देवताको धामी पनि हुन ।

बिर्खबहादुरले आफनो कुलमष्टालाई पुजापाठ, धमेलो पूर्णाीमा नाच्ने, तिर्थब्रत गर्ने गरेका छन । हस्तरेखा हेर्ने ग्रहदशा लाभ, शुभ अशुभ जस्ता कार्य पनि उनले गर्ने गरेका छन । यसको निम्ति चिनजान गरेका ब्यक्तिले बिर्खबहादुरलाई घरमै डाकेर हस्तरेखा ग्रहदशा हेराउने गरेका छन । बिर्खबहादुर कुल मष्टाका धामी मात्र नभएर बिभिन्न प्रजातिको जडिबुटी बनाएर बेच्ने र रोगीलाई निको बनाउने काम गर्दै आएका छन । कटुकी, चिराइतो, सिलाजीत लगायतको औषधि बनाएर बेच्ने गरेका छन । आयुबेर्दिक औषधिले उनी अरुको बिश्वासिला पात्र बनेका छन । धामी पनि उनै डाक्टर पनि उनै बिर्खबहादुरले बिकासको सपना देख्न छोडेका छैनन । बिर्खबहादुरले गाउमा बिद्यालय देखि हेल्प नेपालको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्न सफल भए । उक्त स्वास्थ्य केन्द्र स्थापनाले सिंगो मुर्माबासीलाई औषधि उपचारमा पूर्णरुपमा सहयोग भएको छ ।

रारा भ्रमणमा आएका पर्यटकको लागि पनि आपत्तकालिन औषधि उपचारमा टेवा पुगेको छ । बिर्खबहादुरले मुर्मा गाउ“लाई नमुना बस्तीको लागि धेरै पहल कदम गरे त्यो साकार हुन सकेन । रारा तालको नजिकी रहेको मुर्मा  गाउँलाई होमस्टेक बनाउने चाहाना बिर्खबहादुरको छ । उत्कृष्ट पर्यटकियस्थल रारा तालको नजिकी रहेको करिव ३ सय घरधुरीको मुर्मा बस्तीलाई बिकास गर्न बिर्खबहादुर योगलान अतुलनिय रहेको छ । मुर्मा गाउको बिकास र जनचेतना अभिबृद्धिको लागि बिर्खबहादुरले मुर्माटप सामुदायिक बिकास कन्द्र खेले र उक्त संस्थालाई २०६२ सालमा गरिबी निवारण कोष संग सहकार्य गरेर रारा वरिपरिका बस्ती आयआर्जन क्षमता बिकास कार्यक्रम समेत संचालन गरेका थिए
सरकारी तथा गैसस निकाय संग समन्वय सहकार्य गरेर बिर्खबहादुरले धेरै पटक मुर्मा माझघट्टमा स्वास्थ्य शिबिर संचालन गरे ।

बिर्खबहादुर रारा राष्ट्रिय निकुञ्ज कार्यालय अन्त्र्रगत मध्यवर्ती बिकास क्षेत्रका पूर्ब अध्यक्ष पनि हुन । आफु अध्यक्ष हुदा बिर्खबहादुरले मध्यवर्ती क्षेत्रमा धेरै नीतिगत सुधार गरेर समुदायलाई खुशी बनाउने काम गरे । आर्मीका पूर्व जर्नेल, पूर्ब सचिव, समाजसेवी, धार्मिक आस्थाका ब्यक्ति, प्राध्यापक, राजनीतिक दलका नेताहरु संग पनि बिर्खबहादुर सम्बन्ध उत्तिकै राम्रो छ । अध्यक्ष पद नहुदा पनि बिर्खबहादुरले अहिले राराको जैबिक बिबिधता संरक्षण काममा सहयोग गर्दै आएका छन । कस्तुरी र रेडपाण्डा गणनाको लागि सिसिक्यामेरा जडान गर्न उनको योगदान रहेको छ । रारा वरपरको फोहोर संकलन गरेर कृषि फल बनाउने कार्यमा बिर्खबहादुरले कामलाई अघि बढाएका छन ।काठमाडौ आएको बेला उनीहरु संग भेटघाट गर्ने र गाउ“को समस्या दर्शाउने गरेका छन । हिन्दुधर्म सनातन र राजसंस्थाको बारेमा बिर्खबहादुरले पैरवी गर्दै आएका छन ।

आस्थाका हिसावले कांग्रेस हुन तर देशका हिन्दुधर्म सनातन र राजसंस्था आबश्यक रहेको उनको भनाई छ ।रारा ताल वरपर रहेका प्राचिन महादेवका मठमन्दिर पूर्ननिमाणको लागि सिहदबार धाइरहेका छन । रारालाई धार्मिक पर्यटन प्रर्बद्धन गर्ने बिर्खबहादुरको सोचका साथ धेरै संग समन्वय सहकार्य गर्दै आएका छन । छायानाथको छायामा रहेको रारालाई धार्मिक पर्यटकिय क्षेत्र बनाउदा धार्मिक पर्यटकको आगमनमा बृद्धि हुने बिर्खबहादुरको भनाई छ । बिर्खबहादुरले हिन्दु धार्मिक गुरुहरु रारामा लिएर  शान्ति होम पुजापाठ समेत गराए । उनले गाउको बिकास देखि राराको पर्यटन प्रर्बद्धनको लागि सिहदरबार धाइरहे अझै पनि धाइरहने छन ।

चर्चामा

सम्बन्धित समाचार