बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • हिमाली जिल्ला मुगुमा नमुना मतदान

हिमाली जिल्ला मुगुमा नमुना मतदान

  • बुधबार, माघ २१, २०८२
हिमाली जिल्ला मुगुमा नमुना मतदान

फोटो दानबहादुर बुढा मुगु

मुगु —हिमाली जिल्ला मुगुमा फागुन २१ गते हुने निर्वाचन लाई लक्षित गरि नमुना मतदान डेमो प्रर्दशन गरिएको छ ।बुधबार सदरमुकाम गमगढीमा नेपाली सेनाको देविदत्त गण (ख) सुरक्षा सेमुमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लाई लक्षित गर्दै मतदातालाई मतदान प्रक्रिया, मतदान केन्द्रमा हुने व्यवस्थापन, भिड नियन्त्रण, अनैतिक गतिविधि तथा सम्भावित धाँधली रोकथामका उपाय बारे जानकारी गराउने उद्देश्यले नमुना मतदान प्रर्दशन गरिएको छ ।
नेपाली सेना श्री हनुमान ध्वज गुल्मको आयोजनामा नमुना मतदान कार्यक्रममा मतदान केन्द्रमा अपनाइने सम्पूर्ण प्रक्रिया मतदाता प्रवेश देखि मत खसाल्ने प्रक्रिया सम्म व्यवहारिक रूपमा प्रदर्शन गरिएको श्री हनुमान ध्वज गुल्मका सेनानी खड्ग बहादुर श्रेष्ठ जानकारी गराउनु भयोनिर्वाचनका क्रममा आउन सक्ने सुरक्षा चुनौती र त्यसको व्यवस्थापन बारे सुरक्षाकर्मीहरूले प्रत्यक्ष अभ्यास समेत गरेको श्री हनुमान ध्वज गुल्मले जनाएको छ ।

उनका अनुसार नमुना मतदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले मतदान केन्द्रको सुरक्षा सतर्कता, शान्ति सुव्यवस्था अमनचयन कायम गर्ने उपाय र आकस्मिक अवस्थाको व्यवस्थापन सम्बन्धी डेमो प्रस्तुत गरेका थिए ।प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित रूपमा सम्पन्न गर्नु सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज सबैको साझा दायित्व भएको भएको बताए । रतन रावल 

चर्चामा

सम्बन्धित समाचार