मुगु—जिल्ला स्थित सोरु गाउपालिका धैनकोट क्षेत्र फैलिएको अज्ञात रोग बाट भेडाबाख्रा परेका छन । एक महिना अघि देखि धैनकोट क्षेत्रको कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउमा करिव २ सय बढी भेडा र बाख्रा मरेपछि स्थानीय चिन्तित भएको स्थानीय रत्नलाल देवकोटाले जानकारी गराएका छन ।फोक्सोमा पिप जम्ने, शरीर भरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउँने, दुब्लाउँदै जाने, खोकी लाग्ने, पातलो दिसा गर्ने, काप्ने, झोक्राउने जस्ता रोगको लक्ष्यण बाट भेडा बाख्रा मर्ने गरेको देवकोटाको भनाई छ ।
भेडाबाख्रा पिडितको दुखेसो
अज्ञात रोग बाट मेरो गोठाका ८० भेडा मध्ये १० वटा भेडा मरेको स्थानीय रतन मल्लको भनाई छ । रोग पहिचान गरि औषधि उपचार नहुदा गोठ नै रित्तिने अबस्था उत्पन्न भएको उनको भनाई छ । त्यसै गरि पुन्न मल्लका ६० भेडामध्ये ९ वटा भेडा रोगका कारण मरेका छन । काईचन्द्र देवकोटाले आफूसँग रहेका १५० बाख्रामध्ये २० वटा बाख्रा मरेको बताएका छन । त्यसै गरि प्रदीप प्याकुरेलका ४५ मध्ये १० वटा, परेकलाल जैसीका ५० मध्ये ६ वटा र कबे जैसीका ४० मध्ये ७ वटा बाख्रा मरेका छन ।स्थानीय एक भेडाबाख्रा गोठाला देवीभक्त प्याकुरेलका अनुसार अहिलेको नजिकै कुनै पशु स्वास्थ्य कार्यालय छैन, सदरमुकाम पुग्न एक दिन लाग्छ ।
सोरु गाउँपालिकाको पशु शाखाले चासो नदिएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन ।
वडाअध्यक्ष बीर जंग शाहीको भनाई
अज्ञात रोगले भेडाबाख्रा मरेको साचो हो । म काम बिशेषले तल तिर आएको थिए हिजो गाउ“आई पुगे यहा भेडाबाख्रा पालक सित भेट गरेर बुझदा अज्ञात रोगले मरेकै रहेछन । वडानं ११ मा मात्र एक सय बढी भेडाबाख्रा परेको थाहा भइसक्यो ।
पशु शाखा प्रमुख पूर्णबहादुर सेजुवाल यसो भन्छन
धैनकोट क्षेत्रको सबै बस्तीमा भेडाबाख्रा मरेका छन । एकै दिन दुई सय भन्दा बढी मरे स्याल कुकुरले खाइरहेका छन भन्ने कुरा सत्य होइन । रोग नियन्त्रणको लागि औषधि खरिद भएको छैन के पठाउने । यहा कहिले प्रमुख प्रशासकिय अधिकृत नहुने कहिले कोही नहुने त्यस कारण औषधि खरिद हुन सकेको छैन ।
के भन्छन पालिका अध्यक्ष
यस पालिकाको धैनकोट गाउबस्तीमा भेडाबाख्रामा फैलिएको अज्ञात रोग नियन्त्रण तथा औषधि उपचारको लागि यस पशु शाखा बाट पशु प्राबिधिक टोली आजै खटाइने गाउपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनु भयो ।