मुगु —मुगु जिल्लाका दुई ठूला पार्टीका अग्रज नेता तथा पूर्ब मन्त्रीहरु जेनजी सरकारले गरेको प्रतिनिधि सभाको निर्वाचनमा विश्राम लिनु पर्ने अबस्था आएको छ ।फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका तत्कालिन वनमन्त्री ऐनबहादुर शाही ठकुरी, एमालेका पूर्ब बिना बिभागिय मन्त्री मोहन बानिया“ र कांग्रेस बरिष्ठ नेता तथा पूर्ब शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल उम्मेदवार बनेर चुनाव बाट बञ्चित भएका छन ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिले पूर्ब वनमन्त्री शाहीलाई प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ उम्मेदवारको लागि जिल्ला बाट सिफारिस गरेपनि टिकटको तालमेल नमिले पछि फागुन २१ गते हुने चुनावमा विश्राम लिएका छन ।
मन्त्री शाहीले पनि यो पटक चुनाव नलडने मनसायले पनि टिकटको लागि पनि त्यति वास्ता गरेनन । पहिलो पटक संघीय निर्वाचन जितेर प्रथम पटक जिल्लाकै पहिलो क्याबिनेट मन्त्री पाएका थिए । आफू चुनाव लडने पनि पार्टीको उम्मेदवार बिजय गराउन सहयोग गर्ने शाहीको भनाई छ ।एमाले पार्टीका बरिष्ठ नेता तथा पूर्ब बिना बिभागिय मन्त्री मोहन बानिया“ पनि यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा विश्राम लिएका छन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उनलाई पार्टीले जिल्ला कमिटी बाट पनि नाम सिफारिस गरेन ।
चुनाव लडने आसा र अपेक्षा हुदा पनि बानियालाई यो पटक विश्राम गर्नु पर्ने अबस्था आएको छ । पार्टीको उम्मेदवारलाई चुनाव जिताउन सहयोग गर्ने बानियाले बताएका छनकांग्रेसका बरिष्ठ नेता तथा पूर्ब शिक्षा राज्यमन्त्रीले पनि यो पटकको निर्वाचन लडन पाएनन ।पार्टी जिल्ला कार्यसमितिले उनलाई राष्टिय सभामा एकल नाम सिफारिस गरेपनि मनोनयनमा पर्न नसक्दा विश्राम दिनु पर्ने अबस्था आएको छ । उहाकै रोजाईमा पार्टी राष्टिय सभामा नाम सिफारिस गरेको हो ।हरेक निर्वाचनमा चुनाव लडने मल्लको आसा अपेक्षा हुने गरेपनि यो पटक दुई तर्फ बाट विश्राम लिनु पर्ने अबस्था आएको छ । यति बेला मल्ल आफनो पार्टीको उम्मेदवारलाई चुनाव जिताउन भोट माग्न घरदैलो अभियानमा जुटेका छन ।