काठमाडौ —काठमाडौ स्वयम्भू स्थित १२ औं एक्सेल्सियर कपको आयोजनामा रिब्स स्कुल छात्रा यू–१६ बास्केटबल सिनियर गल्र्सको फाइनलमा रिब्स बिद्यालयको जितमा निमिशा धामीले ८ स्कोर गरिन । यो उनको उत्कृष्ट प्रर्दशन हो । उनले गरेको ८ स्कोरले शिक्षक बिधार्थीहरु उतहित भए । निमिशाको यो खेल केवल उदहारण मात्र हो । हुम्ला सर्केगार्ड गाउपालिका जैर गाउ स्थायी घर भई हाल काठमाडौ चन्द्रगीरी नगरपालिका — ५ स्थित बलम्बुको रिब्स माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्यायरत निमिशाको बास्केटबल खेल प्रति रोजक छिन । दुर्गम गाउ बाट पढन शहर छरेकी निमिशाले बास्केटबललाई आफनो प्रेरणाको खेल बनाएकी छन । आफु पनि खेल्ने र साथीहरुलाई खेल्न हौसाला दिने निमिशा लक्ष्य हो । १३ बर्षिय निमिशा १० बर्षको उमेर देखि यो बास्केटबल खेल्न थालेकी हुन ।
बिद्यालयमा होस या घरमा होस पढाई संगै बास्केटबल खेल पनि अघि बढाएकी छन । निमिशा पढन पनि उत्तिकै उत्कृष्ट छिन भने बास्केटलबलमा पनि राम्रो प्रदर्शनले दर्जनौ मेडल पुरस्कार हात पार्न सफल भएकी छन । बास्केटबल खेल ग्राहो छ मैले सहज रुपमा लिएर अघि बढेको छु निमिशाले बताइन । रिब्स स्कुल बास्केटबल म अब्बल देखियको निमिशाको भनाई रहेको छ । बास्केटलबल खेल्दै पढन गरेको उनी बताउछिन ।भबिष्यको सपना बोकेर उनले बास्केटबल खेल थालेकी छन ।कलिलो उमेरमै बास्केटबलमा उत्कृष्ट हुदै जानु निमिशाको राम्रो क्षमता र दक्ष भएको शिक्षकको भनाई छ । बास्केटबल खेल बाट निमिशाले प्राप्त गरेका उपलब्धिहरु यस प्रकार छन
प्रथम ÷ स्वर्ण
द एक्सेलसियर कप–२०८२। ५औं केएमसी बास्केटबल प्रतियोगिता–२०८२
बीडीएस (बाल दीक्षा सदन स्कूल) कप २०८२। ५औं क्याम्पियन कप २०२५
केआईएससी यू–१२ ३×३ बास्केटबल कप २०२४
३१औं ज्ञान कार्निवल २०२५ चौथो केएमसी बास्केटबल कप–२०८१।द एक्सेलसियर बास्केट कप–२०८१
माइलस्टोन बास्केटबल कप–२०८२।
दोस्रो ÷ रजत
कीर्तिपुर बास्केटबल संघ – २०८१
२२औं विल्सन हुप्स कप–२०२४
द एक्सेलसियर कप २०८०
नयाँ जेनिथ बास्केटबल कप–२०८२
रेडियन्ट बास्केटबल कप – २०८०
३०औं ज्ञान कार्निवल बास्केटबल कप–२०२४ रहेका छन । यो उत्कृष्ट बास्केटबल खेल प्रति निमिशाका अभिभावक साथीभाई पनि खुशी भएका छन ।भबिष्या यो खेलले निमिशालाई उचाईमा परयाउने आसा अभिभावकको छ ।