मुगु —आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारले यतिबेला घरदैलो अभियानलाई तिब्रता दिएको छ ।कांग्रेस उम्मेदवार बनेका नेता खडगबहादुर शाही, नेकपा एमाले बाट पूर्णबहादुर रोकाय, नेपाली कम्यूनिष्ट पार्टी बाट चन्द्रबहादुर शाही, रास्वपा बाट भुवन टमाटा, माओबादी पार्टी बाट रंगबीर परियार, राप्रपा बाट बलबहादुर मल्ल र प्रगतीशिल लोकतान्त्रिक पार्टी बाट एटन मल्ल मतदाता संंग भोट माग्न विभिन्न गाउँबस्तीमा कार्यकर्ता भेला तथा चुनावी अभियान गरिरहेको छ ।
निर्वाचन नजिकीदै जादा उम्मेदवार भोट माग्न दौडधुपमा छन । उम्मेदवार भोट माग्न आउन थालेपछि स्थानीयलाई चुनाव आएको महसुस गर्न थालेका छन ।आगामी निर्वाचनमा पुनःसफलता प्राप्त गर्नु नै मुख्य उदेश्यका साथ यहा उम्मेदवार घरदैलो अभियानमा जुटेका छन । मुगुम कार्मारोड गाउ“पालिका, सोरु, खत्याड गाउ“पालिका र छायानाथ रारा नगरपालिकाका सबै बस्तीमा उम्मेदवार एक पटक पुगेर मतदाता संग भोट मागेर पुन दोश्रो पटक उक्त बस्ती लक्षित गरि भोट माग्न दौडधुपमा छन ।
कांग्रेसका उम्मेदवार शाही जिल्लाको हरेक गाउँ बस्तीमा पुगेर जनतासँग सुख–दुखका साथै गाउँघरका समस्याहरु पहिचान गदै भोट मागि रहेका छन । एमालेका उम्मेदवार रोकाया पनि सबै बस्तीमा पुगेर आफना प्रतिबद्धता सुनाउदा मतदाता संग भोट माग्ने गरेका छन । नेपाली कम्यूनिष्ट पार्टीका शाही पनि भोट माग्न प्रत्येक घरदैलोमा पुगेर मतदातालाई भेट गर्न भ्याइनभ्याई छ ।रास्वपाका टमाटा र माओबादीका परियार पनि घरदैलोमा पुगेर भोट माग्दैछन । कांग्रेस समानुपातिका उम्मेदवार भिम तिरुवा पनि भोट माग्न घरदैलो अभियानमा जुटेका छन ।मुगुमा अहिले मुख्य तीन राजनीतिक दल प्रतिस्प्रर्धामा देखिएका छन । नेपाली कांग्रेसका खडगबहादुर शाही, नेकपा एमालेका पूर्णबहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाही बीच मुख्य प्रतिस्प्रर्धामा देखिएको छ ।