सोमवार, माघ २६, २०८२
सोमवार, माघ २६, २०८२
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बिरामीलाई औषधि उपचारको लागि ५० हजार प्रदान

बिरामीलाई औषधि उपचारको लागि ५० हजार प्रदान

  • सोमवार, माघ २६, २०८२
बिरामीलाई औषधि उपचारको लागि ५० हजार प्रदान

मुगु —सोरु गाउँपालिका —१० धैनकोट निवासी हाल कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत आखा चिकित्सक रत्नचन्द्र जैसीको पहल कदममा बिरामीलाई औषधि उपचारका लागि नगद ५० हजार सहयोग गरिएको छ ।गत साता भेडा चराउन बनतिर गएको अबस्थामा रुख बाट लडेर टाउकोमा चोट लागि गम्भिर घाइते भई हाल नेपालगञ्ज न्यूरो अस्पतालमा उपचार्थ सोरु गाउपालिका —१० धैनकोटका जलबहादुर शाहीलाई औषधि उपचारको लागि जैसीले ५० हजार प्रदान गरेको हरिकेश आर्चायले बताए ।

गरिवी परिवारका शाहीलाई औषधि उपचार गर्न निकै कठिन भई रहेको अबस्था आखा चिकित्सक जैसीले ५० हजार सहयोग गर्दा ठूलो राहत भएको हरिकेशको भनाई छ ।टाउकोमा चोट लागि गम्भिर घाइते भई हाल नेपालगञ्ज न्यूरो अस्पतालमा उपचार भइरहेका शाही सुधार अबस्था रहेका छन । घाउ निको हुदै गएको छ । बोल्ने खाना खाने अबस्थामा पुगेका छन ।चोट लागेका शाहीलाई उपचारको लागि जिल्ला अस्पताल मुगु लगेका र त्यहा उपचार असम्भव देखिएपछि जुम्ला कर्णाली स्वास्थ्य बिज्ञापन प्रतिष्ठान लगिएको थियो । उक्त प्रतिष्ठानमा पनि उनको उपचार हुन नसक्ने अबस्था आएपछि थप उपचारको लागि नेपालगञ्ज लगिएको आर्चायले जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार