मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका—२ मुगु गाउका हाल बौद्धमा अस्थायी बसोबास गदै आएका ७९ बर्षका आङग्याल लामा मुगाल मातृभाषाका बरिष्ठ लेखकको रुपमा परिचित छन । उत्तरी तिब्बत सिमा क्षेत्रमा बसोबास गर्ने अफर मुगुका स्थानीय आदिवासी जनजातिहरुलाई बिशेष मुगाल भन्ने गरिन्छ । मुगाल शब्द मुगम हो । मु भनेको सिमाना गम भनेको तपस्या । मुगम शब्दलाई नै रुपान्तरण गरेर मुगु भन्ने गरिएको हो । उक्त मुगु शब्दले नै मुगु जिल्लाको नामकरण गरिएको छ । त्यही उत्तरी सिमा क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरुको धर्म, संस्कृत रहन सहन भेषभूषा, चाल चलनको बिषयमा आङग्याल लामाले बिगत लामो समय देखि गहिरो अध्यायन गर्दै कमल चलाइरहेका छन । मुगालको भातृभाषा तिब्बती हो । उनी यो बिषयमा खोज अनुसन्धान गर्दै आएका छन । उनको पढाइ धेरै छैन । उनी धेरै पढेलेखेका नभए पनि मुगाल भातृभाषाको बारेमा बढी जानकारी र अध्यायनसिल छन । पञ्चायतकालमा टेष्टपास गर्ने त्यो क्षेत्रको पहिलो ब्यक्ति हुन । २०२८ सालमा आङग्याल शिक्षक भनेर जनजातिका बालबालिकालाई शिक्षा दिन सुरु गरे ।
एक दशक सम्म शिक्षक पेसामै कार्यरत रहेर आफनो आफनो समुदायका बालबालिकालाई पढाए लेखाए । उनको राम्रो पढाइले गर्दा शिक्षा मन्त्रालय बाट पुरस्कार पनि प्राप्त गर्न सफल भए । २०३७ सालमा शिक्षक बाट राजीनाम दिएर उनी राजनीतिक तिर लागे । केही बर्ष सम्म राजनीतिक गरे तर राजनीतिक पनि आङग्याललाई चित्त बुझेन । २०५५ साल बाट उनी निरन्तर मुगाल भातृभाषा बिषयमा कल चलाउन थाले । पहिलो चरणमा आङग्यालले मुगाल भाषाको सांस्कृति बिषयमा गहिरो अध्यायन सुरु गरे । मुगालको मुख्य सांस्कृति के हो । बिबाह, ल्होसार, मृत्यू सस्कार बारेमा किताव लेखे । त्यसपछि उनले मुगाली इतिहासको नेपाली डिस्नरी समेत प्रकासन गरे । बिबाह गर्दा जन्तीहरुले गाउ“ले गीतको बारेमा आङग्यालले अध्यायन गरि त्यो बिषयमा गीत संग्रह प्रकाशन समेत गरे । २०५५ देखि २०६४ साल सम्म यिनी र यस्तै मुगाल सम्बन्धि बिभिन्न पुस्तक लेखेर प्रकाशन गरे ।
उनले सबै तिब्बती भाषामै लेख्ने गरेका छन । २०६५ सालमा आङग्यालले कक्षा १ मा पढने मुगाल भाषाको मेरो किताव लेखेर प्रकासन गरि आफनो क्षेत्रका रहेका बिद्यालयमा अध्यायरत बालबालिकालाई अध्यायन गर्न पढाए । त्यसै गरि २०६७ सालमा कक्षा २ र ३ को किताव लेखेर प्रकासन गरे । उक्त किताव पनि अध्यायनको निम्ति बिद्यालयमा पढाए । त्यसै गरि आङग्यालले कक्षा १ देखि ५ सम्मका किताब लेखेर प्रकासन गरि मुगुम कार्मारोङ गाउपालिकाको सबै बिद्यालयमा पढाए । उक्त पुस्तक प्रकासनमा पाठयक्रम बिकास केन्द्र सानो ठिमी भक्तपुर गरेको गरेको थियो ।
कक्षा १ देखि ५ सम्म पुस्तक प्रकासन र ढुवानी गर्न साढे तीन लाख लागेको उनको भनाई छ । उक्त पुस्तक तिब्बती भाषामै लेखिएका छन । जसरी सरकारले बितरण गर्ने कक्षा १ देखि ५ सम्मका पुस्तकमा जे जस्तो कुरा समेटेर उल्लेख गरिएको त्यसै गरि उनले तिब्बती भाषामा सोही बिषयमा मिल्दो हिसावले किताव खेलेर प्रकासन गर्न सफल भएका छन आङग्यालले फेके र सोल्जी नामक चलचित्र बनाएर प्रर्दशन समेत गरेका छन । सोल्जी चलचित्रमा उनले गीतकार डान्सरको भूमिकामा अभिनय गरेका छ ।
उक्त चलचित्र प्रर्दशन गरि उनी अमेरिकामा समेत पुगे । उमेरले बुढकाल भइसक्दा पनि लेखेमा उनले बिट मार्न सकेका छैन । करिव एक दशक अघि देखि गोरखापत्रमा मुगाल भाषागत लेख रचना प्रकासन गर्दै आएका छन । महिनामा एक वा दुई पटक आङग्यालले तिब्बत अक्षरमा लेखेका मुगाल भातृभाषाको खेलेहरु गोरखापत्रले प्रकासन गर्दै आएको छ । उनले गोरखापत्रमा प्रकासन गर्ने खेलहरु पनि बिकास, भाषा सांस्कृति, रहनसहन खानपान बसाई सराई आदि इत्यादिका छन । जडिबुटीको भण्डार यार्सा, पा“चऔले, कटुकी, पदमचाल, चिरइतो, भोटेजीरा, अत्याधिक मात्रमा उत्पादन हुने क्षेत्रमा जन्मिएका आङग्यालको लेखन शैलीको उर्जा पनि गतिशिल छ । उनले धेरै क्षेत्र बाट पुरस्कार सम्मान प्राप्त गरि सकेका छन । मुगुको बिकास बारे आङग्याल भने त्यति सन्तुष्टी छैनन । मुगुमा गतिशिल हिसावले आफै बिकास भएको हो आङग्याल भन्छन नेताको बल जोडले बिकास भएको देखिदैन ।
बरु अहिले हाम्रो वनमन्त्री ऐनबहादुर शाहीले बिकास ग¥यो आङग्यालले भने सरकार नढलेको भए शाहीले राम्रो काम गर्ने रहेछ । उनी भन्छन आफु मन्त्री हुदा शाहीले निकुञ्ज बनाइ दियो यो सारै मलाई राम्रो लाग्यो । हस्तबहादुर मल्ल शिक्षा राज्यमन्त्री हुदा शिक्षामा रामै काम गरेको आङग्यालले सुनाए । मुगुको डोल्फूको तामाखानी उत्खननमा स्थानीतह, प्रदेश र संघीय सरकारले बेवास्ता गरेको उनको भनाई छ मुगु जडिबुटीको भण्डार हो उनले भने संरक्षण र प्रर्बद्धन भएन । मुगुम कार्मारोङ गाउपालिकाको छाइलमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सके जडिबुटीको राम्रो सदुपयोग हुने र स्थानीयले दुख गरेको ज्याला पाप्त गर्ने र रोजगारी सृजना हुने आङग्याल बताउछन । नाक्चेनाङला सडकको सपना अधुरै रहेको उनको भनाई छ ।