मङ्लबार, माघ २७, २०८२
मङ्लबार, माघ २७, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगाल मातृभाषाका लेखक आङग्याल लामा

मुगाल मातृभाषाका लेखक आङग्याल लामा

  • मङ्लबार, माघ २७, २०८२
मुगाल मातृभाषाका लेखक आङग्याल लामा

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका—२ मुगु गाउका हाल बौद्धमा अस्थायी बसोबास गदै आएका ७९ बर्षका आङग्याल लामा मुगाल मातृभाषाका बरिष्ठ लेखकको रुपमा परिचित छन । उत्तरी तिब्बत सिमा क्षेत्रमा बसोबास गर्ने अफर मुगुका स्थानीय आदिवासी जनजातिहरुलाई बिशेष मुगाल भन्ने गरिन्छ । मुगाल शब्द मुगम हो । मु भनेको सिमाना गम भनेको तपस्या । मुगम शब्दलाई नै रुपान्तरण गरेर मुगु भन्ने गरिएको हो । उक्त मुगु शब्दले नै मुगु जिल्लाको नामकरण गरिएको छ । त्यही उत्तरी सिमा क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरुको धर्म, संस्कृत रहन सहन भेषभूषा, चाल चलनको बिषयमा आङग्याल लामाले बिगत लामो समय देखि गहिरो अध्यायन गर्दै कमल चलाइरहेका छन । मुगालको भातृभाषा  तिब्बती हो । उनी यो बिषयमा खोज अनुसन्धान गर्दै आएका छन । उनको  पढाइ  धेरै छैन ।  उनी धेरै पढेलेखेका नभए पनि मुगाल भातृभाषाको बारेमा बढी जानकारी र अध्यायनसिल छन । पञ्चायतकालमा टेष्टपास गर्ने त्यो क्षेत्रको पहिलो ब्यक्ति हुन । २०२८ सालमा आङग्याल शिक्षक भनेर जनजातिका बालबालिकालाई शिक्षा दिन सुरु गरे ।

एक दशक सम्म शिक्षक पेसामै कार्यरत रहेर आफनो आफनो समुदायका बालबालिकालाई पढाए लेखाए । उनको राम्रो पढाइले गर्दा शिक्षा मन्त्रालय बाट पुरस्कार पनि प्राप्त गर्न सफल भए । २०३७ सालमा शिक्षक बाट राजीनाम दिएर उनी राजनीतिक तिर लागे । केही बर्ष सम्म राजनीतिक गरे तर राजनीतिक पनि आङग्याललाई चित्त बुझेन । २०५५ साल बाट उनी निरन्तर मुगाल भातृभाषा बिषयमा कल चलाउन थाले । पहिलो चरणमा आङग्यालले मुगाल भाषाको सांस्कृति बिषयमा गहिरो अध्यायन सुरु गरे । मुगालको मुख्य सांस्कृति के हो । बिबाह, ल्होसार, मृत्यू सस्कार बारेमा किताव लेखे । त्यसपछि उनले मुगाली इतिहासको नेपाली डिस्नरी समेत प्रकासन गरे । बिबाह गर्दा जन्तीहरुले गाउ“ले गीतको बारेमा आङग्यालले अध्यायन गरि त्यो बिषयमा गीत संग्रह प्रकाशन समेत गरे । २०५५ देखि २०६४ साल सम्म यिनी र यस्तै मुगाल सम्बन्धि बिभिन्न पुस्तक लेखेर प्रकाशन गरे ।

उनले सबै तिब्बती भाषामै लेख्ने गरेका छन । २०६५ सालमा आङग्यालले कक्षा १ मा पढने मुगाल भाषाको मेरो किताव लेखेर प्रकासन गरि आफनो क्षेत्रका रहेका बिद्यालयमा अध्यायरत बालबालिकालाई अध्यायन गर्न पढाए । त्यसै गरि २०६७ सालमा कक्षा २ र ३ को किताव लेखेर प्रकासन गरे । उक्त किताव पनि अध्यायनको निम्ति बिद्यालयमा पढाए । त्यसै गरि आङग्यालले कक्षा १ देखि ५ सम्मका किताब लेखेर प्रकासन गरि मुगुम कार्मारोङ गाउपालिकाको सबै बिद्यालयमा पढाए । उक्त पुस्तक प्रकासनमा पाठयक्रम बिकास केन्द्र सानो ठिमी भक्तपुर गरेको गरेको थियो ।

कक्षा १ देखि ५ सम्म पुस्तक प्रकासन र ढुवानी गर्न साढे तीन लाख लागेको उनको भनाई छ । उक्त पुस्तक तिब्बती भाषामै लेखिएका छन । जसरी सरकारले बितरण गर्ने कक्षा १ देखि ५ सम्मका पुस्तकमा जे जस्तो कुरा समेटेर उल्लेख गरिएको त्यसै गरि उनले तिब्बती भाषामा सोही बिषयमा मिल्दो हिसावले किताव खेलेर प्रकासन गर्न सफल भएका छन आङग्यालले फेके र सोल्जी नामक चलचित्र बनाएर प्रर्दशन समेत गरेका छन । सोल्जी चलचित्रमा उनले गीतकार डान्सरको भूमिकामा अभिनय गरेका छ ।

उक्त चलचित्र प्रर्दशन गरि उनी अमेरिकामा समेत पुगे । उमेरले बुढकाल भइसक्दा पनि लेखेमा उनले बिट मार्न सकेका छैन । करिव एक दशक अघि देखि गोरखापत्रमा मुगाल भाषागत लेख रचना प्रकासन गर्दै आएका छन । महिनामा एक वा दुई पटक आङग्यालले तिब्बत अक्षरमा लेखेका मुगाल भातृभाषाको खेलेहरु गोरखापत्रले प्रकासन गर्दै आएको छ । उनले गोरखापत्रमा प्रकासन गर्ने खेलहरु पनि बिकास, भाषा सांस्कृति, रहनसहन खानपान बसाई सराई आदि इत्यादिका छन । जडिबुटीको भण्डार यार्सा, पा“चऔले, कटुकी, पदमचाल, चिरइतो, भोटेजीरा, अत्याधिक मात्रमा उत्पादन हुने क्षेत्रमा जन्मिएका आङग्यालको लेखन शैलीको उर्जा पनि गतिशिल छ । उनले धेरै क्षेत्र बाट पुरस्कार सम्मान प्राप्त गरि सकेका छन । मुगुको बिकास बारे आङग्याल भने त्यति सन्तुष्टी छैनन । मुगुमा गतिशिल हिसावले आफै बिकास भएको हो आङग्याल भन्छन नेताको बल जोडले बिकास भएको देखिदैन ।

बरु अहिले हाम्रो वनमन्त्री ऐनबहादुर शाहीले बिकास ग¥यो आङग्यालले भने सरकार नढलेको भए शाहीले राम्रो काम गर्ने रहेछ । उनी भन्छन आफु मन्त्री हुदा शाहीले निकुञ्ज बनाइ दियो यो सारै मलाई राम्रो लाग्यो । हस्तबहादुर मल्ल शिक्षा राज्यमन्त्री हुदा शिक्षामा रामै काम गरेको आङग्यालले सुनाए । मुगुको डोल्फूको तामाखानी उत्खननमा स्थानीतह, प्रदेश र संघीय सरकारले बेवास्ता गरेको उनको भनाई छ मुगु जडिबुटीको भण्डार हो उनले भने संरक्षण र प्रर्बद्धन भएन । मुगुम कार्मारोङ गाउपालिकाको छाइलमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सके जडिबुटीको राम्रो सदुपयोग हुने र स्थानीयले दुख गरेको ज्याला पाप्त गर्ने र रोजगारी सृजना हुने आङग्याल बताउछन । नाक्चेनाङला सडकको सपना अधुरै रहेको उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार