मुगु —आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छिमेकी राष्ट भारतले नेपाललाई गाडी उपहार दिएको छ ।उक्त निर्वाचन प्रयोगका निम्ति भारतले उपलब्ध गराएका गाडीहरु हिजोआज सिहदरबारमा पार्किङ गरि राखिएको छ ।फागुन २१ गते हुने निर्वाचनका निम्ति भारतले साना–ठुला गरि करिब ६ सय ५० वटा गाडी उपलब्ध गराएको जानकारी गराइएको छ । त्यहा बाट आएका गाडीहरु सिहदरवार भित्र लहरै रुपमा पार्किङ गरिएको छ ।
भारत सरकारका दिएको सोही गाडीहरू निर्वाचनका आवश्यकताका आधारमा विभिन्न स्थान तथा निकायमा वितरण गरि प्रयोग गरि गृह मन्त्रालयले जानकारी गराएको छ । भारतले गाडी दिएपछि निर्वाचन प्रयोजनको लागि सहज र सुबिधा हुने भएको छ । बिगतका निर्वाचनमा पनि भारत सरकारले गाडीहरु उपहार दिएको थियो ।