बिहिबार, माघ २९, २०८२
बिहिबार, माघ २९, २०८२
  • होमपेज
  • राजनीति
  • हुम्लामा ६ पुरुष १ महिला लाजोम चुनावी मैदानमा

हुम्लामा ६ पुरुष १ महिला लाजोम चुनावी मैदानमा

  • बिहिबार, माघ २९, २०८२
हुम्लामा ६ पुरुष १ महिला लाजोम चुनावी मैदानमा

हुम्ला —हिमाली जिल्ला हुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ जना पुरुष उम्मेदवार संगै १ महिला टासी लाजोम चुनावी मैदानमा छन ।उनी राष्ट्रिय स्वतन्त्र पार्टी बाट एक्ली महिला उम्मेदवार हुन । रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएपछि लाम्जोङ चुनावी प्रतिस्पर्धा संगै भोट माग्न घरदैलो अभियानमा जुटेकी छन ।२६ वर्षीया लाजोम जलवायु न्याय र दिगो बिकास, आर्थिक रुपान्तरणका लागि दिगो बिकास मुख्य चुनावी मुद्दा रहेका छन । लाम्जोङसँग प्रतिस्पर्धामा रहेका सबै ६ जना पुरुष उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन ।

नेपाली कांग्रेसबाट जयपति रोकाया, नेकपा एमालेबाट दलबहादुर रावल, नेपाल कम्युनिस्ट पार्टीबाट डा. दिपेन्द्र रोकाया, नेकपा (माओवादी केन्द्र)बाट कुम्भ बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिल कार्की तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा उम्मेदवार छन ।निर्वाचन हुन अब २१ दिन मात्र बाँकी रहँदा सातवटै गाउँपालिका गाउ“बस्ती पुगेर मतदाता संग भोट माग्न उम्मेदवारहरु दौडधुपमा छन । सर्केगार्ड, चंखेली, अदानचुली, ताजाकोट, सिमकोट, लगायत पालिकाको गाउ“बस्तीमा पुगेर उम्मेदवारहरु मतदाता संग भोट माग्न भ्याइनभ्यइन छ ।प्रतिनिधिसभा सदस्यका लागि सबै हुम्लामा यस पटक सबै राजनीतिक दलका उम्मेदवार नयाँ अनुहारका छन । हुम्लामा पनि कुनै दल संग चुनावी गठबन्धन नभएकोले उम्मेदवारलाई चुनाव जित्न चुनौती छ ।

चर्चामा

सम्बन्धित समाचार