शुक्रबार, फाल्गुन १, २०८२
शुक्रबार, फाल्गुन १, २०८२
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • नेपाली फिल्म क्षेत्रमा उदयमान मिन भाम

नेपाली फिल्म क्षेत्रमा उदयमान मिन भाम

  • शुक्रबार, फाल्गुन १, २०८२
नेपाली फिल्म क्षेत्रमा उदयमान मिन भाम

मुगु—कर्णाली प्रदेशको हिमाली मुगुको छायाँनाथ रारा नगरपालिका–४ भामबाडा गाउँका ३७ बर्षिय मिनबहादुर भाम नेपाली फिल्म क्षेत्रमा उदयमान देखिएका छन मौलिक कथामा आधारित नेपाली फिल्म लेखन तथा अभिनय कार्य संगै उनी दख्खल छन । मिन नेपाली फिल्म क्षेत्रमा उत्कृष्ट फिल्म निर्देशक रुपमा स्थापित हुदै गएका छन ।स्वर्गीय संचारकर्मी सुमन मल्लले उनलाई फिल्म क्षेत्रमा अग्रसर हुन पहिलो सुझाव सल्लाह दिएका थिए । कर्णालीका सुइना नाटक यिनी दुईको संयुक्त प्रयासमा बनेको हो । उक्त नाटकले देशभर चर्चा बटुल्ल सफल पनि भयो ।

संघीयताको सपना बोकेर लेखन तथा छायाङकन गरिएको कर्णालीका सुइना नाटकले जुन भाव प्रस्तुत गरेको थियो त्यो अहिले संघीयतामा कार्यन्वयनको बिषय बनेको छ । मिनले फिल्म क्षेत्रमा आफूलाई सफल ब्यक्तिको रुपमा स्थापित गर्ने सपना बोकेर अघि बढे त्यो पुरा हुदै गएको छ ।गाउ“ छोडेर शहर पसेपछि मिनलाई अब नेपाली फिल्म क्षेत्रमा लाग्नु पर्छ भन्ने हौसला र आट बढन थाल्यो । उनका साथी र आफन्तहरुले पनि फिल्म क्षेत्रमा लाग्न लागेर स्थापित हुन सुझाव दिए । साथीहरुको सुझावलाई मनन गर्दै म फिल्म क्षेत्रको मार्ग पहिल्याउदै गए मिनले बताएका छन ।

२०७४ सालमा मिन कालोपोथी फिल्म निर्देशन गरेर चर्चित भए । उक्त फिल्मले देश बिदेश सम्म चर्चा कमाउन सफल भएको थियो । सिमित कालो पोथी मात्र नभएर मिनले हिमाली भेगमा प्रचलित बहुपति प्रथामाथिको कथामा आधारित चिसो(अ इनर अफ कोल्ड( पटकथा लेखेर टर्कीको टेल्थ पुन्टो स्क्रिष्ट ल्याब बाट ७५ हजार युरो इमान पाए । उक्त इमानले मिनलाई अझ ठूलो हौसला र आट बढयो ।

बाँसुली लधुचलचित्र पनि मिनले नै निर्देशन गरेका हुन । आफनो सिनेमामा सामाजिक सरोकारका बिषयलाई गम्भिरताका साथ उठाउन खोज्ने संबेदनशील निर्देशकको रुपमा मिन परिचित हुदै गए ।
२०५६ सालमा एसएलसी उत्रिर्ण गरेपछि काठमाडौ छिरेका मिनले कर्नाली दख्खिन बग्दो छ, घनचक्करमा अभियान समेत गरेका थिए । कार्म स्टारर फिल्म अभिन्न निर्माताको रुपमा उनी जोडिदै गए ।

मिनको राजनीतिक प्रति पनि उत्तिकै चासो छ । पछिल्ला पटक निर्वाचनको बेला सांसद पदको आकांक्षाका साथ अघि बढने गरेका छन । यो पटकको निर्वाचनमा मिनलाई कांग्रेसले समानुपातिकमा नाम सिफारिस समेत गरेको थियो । हसिला र मसिनो स्वरका मिन दुर्गम क्षेत्र बाट नेपाली फिल्म उत्कृट निर्देशक बनेका छन ।

तर सांसद उम्मेदवार छोडेर मिनलाई विश्वप्रसिद्ध बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाले)ले जुरी सदस्यको रुपमा घोषणा भए । ७६ औं बर्लिनालेको अन्तर्राष्ट्रिय जुरी सदस्यको रूपमा घोषणा हुन मिनको लागि फिल्म क्षेत्रमा ठूलो सफलता हो ।बर्लिनालेको अन्तर्राष्ट्रिय जुरी सदस्यको रूपमा घोषणा भएपछि मिनको खुशीको सिमा रहने उनल आफनो सामाजिक सञ्जालमा खुसी ब्यक्त गरे । उनले लेखे आफनो सामाजिक सञ्जालमा लेखे ७६ औं बर्लिनालेको अन्तर्राष्ट्रिय जुरी सदस्यका रूपमा सेवा गर्न पाउनु मेरा लागि अत्यन्तै सम्मानको विषय हो ।

महान निर्देशक विम वेन्डर्सजस्ता सिनेमाका एक स्तम्भ, जसको काम हामी धेरैका लागि मार्गदर्शन बनेको छ, उहाँजस्तो महान व्यक्तिसँगै एउटै मञ्चमा उभिन पाउनु मेरा लागि कल्पना भन्दा परको कुरा हो मिनले बताएका छन । सन २०११ मा बलिउड अभिनेता आमिर खानले बर्लिनालेमा जुरी सदस्यको भूमिका निर्वाह गरेको प्रसंग समेत स्मरण गरेका छन । उनलृ लेखेका छन यो जिम्मेवारी निकै विनम्रताका साथ स्वीकार गरेको छु । नेपालप्रति म गर्व गर्छु उनले भनाई छ ,। मिनले राष्ट्रिय चलचित्र पुरस्कार, कान्स फिल्म महोत्सवमा नर्वेजियन सोरफन्ड पुरस्कार र भेनिस फिल्म महोत्सवमा फेडियोरा पुरस्कार प्राप्त गर्न सफल भइसकेका छन । आगामी दिनमा नेपाली फिल्म क्षेत्रमा मिनले अझै आकास चुम्दै जाने छन

 

चर्चामा

सम्बन्धित समाचार