मुगु—कांग्रेस सभापति गगन थापाले यातायात क्षेत्रलाई सुरक्षित भरपदो र ब्यबस्थित बनाउन अपरिहार्य रहेको बताउनु भएको छ । शुक्रबार यातायातको सन्दर्भलाई जोडेर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै थापाले घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या भएको बताएका छन ।
साना र ठूला अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था ! यसको अर्थ हो थापाले भिडियो सन्देशमा भनेका छन । हाम्रो सार्वजनिक यातायातलाई व्यापक सुधारको आवश्यकता देखिएको उहाको भनाई रहेको छ ।
दिन बिराएर सडक दुर्घटना भएका छन उहाले भन्नु भएको छ नागरिकको ज्यान यति सस्तो भयो कि प्रति दिन कम्तीमा ७ जनाको ज्यान गइरहेको छ, । आर्थिक र भौतिक क्षेति पनि त्यतिकै भइरहेको छ उहाको भनाई छ ।
थापाले भिडियो सन्देशमा भनेका छन सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य छ त्यसका लागि हामीले ठोस तयारी गरेका छौँ ।
सभापति थापाका अनुसार शहरमै सार्बजनिक यातायात चढेर नागरिकले घुम्न जाने अबस्था छैन घण्टौ जानले गर्दा समस्या उत्पन्न भएको छ ।
सार्वजनिक यातायात सुधारको निम्ति हामी सोच बनाएका छौ थापाले भनेका छन । सार्वजनिक यातायात चल्ने एक्कै ठाउ बनाउनु पर्छ रुढ प्रणाली र टिकट स्टिमलाई एकै ठाउमा ल्याउनु पर्छ उहाको भनाई छ ।
शहरहरुको सडक डिजाइन गर्ने तरिका नै फेर्नु छ सवारी साधन दौडिने सडक बनायौ सडकमा नागरिक हिडछ त्यो भन्दा पनि फरक क्षमता भएका नागरिक सुरक्षालाई पनि ध्यानमा राखेर सडक बनाउनु पर्छ सभापति थापाले भिडियो सन्देशमा बताएका छन ।