काठमाडौ —ने पालसहित विश्वभरका हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजा आरधना गरी मनाउँदै छन् । शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गरेको छ ।
धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए ।
प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि पर्व भन्ने गरिन्छ ।
पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरै देखि भीड लाग्दछ । वैरागी, उदासी, सन्न्यासी, नागाबाबा आदि विभिन्न सम्प्रदायका साधु–सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढा टाढा बाट आउने गरेका छन ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना गरि शिवरात्री पर्व मनाइने गरिनछ ।
पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने चलन छ ।
महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहानै ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन् । पशुपति दर्शन गर्न सक्नेगरी व्यवस्थापन गरिएको कोषले जनाएको छ।