आइतवार, फाल्गुन ३, २०८२
आइतवार, फाल्गुन ३, २०८२
  • होमपेज
  • समाज
  • महाशिवरात्रि पशुपतिनाथमा दर्शनार्थीको भीड

महाशिवरात्रि पशुपतिनाथमा दर्शनार्थीको भीड

  • आइतवार, फाल्गुन ३, २०८२
महाशिवरात्रि पशुपतिनाथमा  दर्शनार्थीको भीड

काठमाडौ —हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजा आरधना गर्नको लागि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।  फुलमाला स्वागतद्धारले पशुपति क्षेत्र रंगीन बनाइएको छ । पशुपतिका चार वटै ढोका खोलेर दर्शनाथीलाई पुजा गर्ने ब्यबस्था मिलाइएको छ ।शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गरेको छ ।
धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए ।
प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि पर्व भन्ने गरिन्छ ।
पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरै देखि भीड लाग्दछ । वैरागी, उदासी, सन्न्यासी, नागाबाबा आदि विभिन्न सम्प्रदायका साधु–सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढा टाढा बाट आउने गरेका छन ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना गरि शिवरात्री पर्व मनाइने गरिनछ ।

चर्चामा

सम्बन्धित समाचार