मुगु —आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तात्दै गएको छ । मैदानमा तीन ठूलाको कडा प्रतिस्पर्धा देखिएको छ ।प्रतिनिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फका उम्मेदवार नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले) बाट पूर्णहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा (माओवादी) का रगंवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल चुनावी प्रतिस्पर्धामा छन ।
साना दल भन्दा ठूला दल कांग्रेस, एमाले र नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । यो पटकको निर्वाचनमा कुनै पनि राजनीति दलमा चुनावी तालमेल नभएको हुदा उम्मेदवारलाई चुनाव जित्न चुनौती छ । अर्कोतिर रोजगार, सिलसिलामा अधिकास मतदाताहरु जिल्ला बाहिर रहदा उम्मेदावारलाई कसरी आफनो भोट बढाउने भन्ने पीरलो भएको छ ,।
२०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनको चुवावी मैदानमा छन ।एमालेका रोकाया पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन । नेपाली कम्युनिष्ट पार्टीका शाही भने २०५६ सालको संंसदीय निर्वाचनमा विजयी भएका थिए । उहा २०७४ को प्रदेशसभा सदस्यमा निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारीमन्त्री समेत भइसकेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार भुवन टमाटा आफूलाई नयाँ अनुहारका रुपमा प्रस्तुत गरेर मतदाता संग भोट माग्न घरदैलो अभियानमा दौडिरहेका छन । अन्य राप्रपा, माओबादी र प्रगतीशिल लोकतान्त्रि पार्टीकम उम्मेदवार पनि भोट माग्न घरदैलो अभियानमा छन ।
चुनाव नजिकीदै गर्दा दलका उम्मेदवारहरु भोट माग्न मतदाताको घरदैलो अभियानमा निकै ब्यस्त देखिएका छन । जसरी किसानलाई कार्तिक महिनामा अन्नबाली भित्रयाउन चटारो हुन्छ त्यसरी नै हिजोआज दलका उम्मेदवारलाई भोट बटुल्न चटारो छ ।भोट माग्न घरदैलो जाने उम्मेदवारले मतदाता संग आफनो चुनावी एजेण्डा सुनाउने गरेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ जना मतदाता छन । चार ओटा स्थानीय तह रहेको मुगुमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्र रहेका छन ।