मङ्लबार, फाल्गुन ५, २०८२
मङ्लबार, फाल्गुन ५, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • सेवा सुबिधा न्यून भएको भन्दै हुम्लामा निर्वाचन प्रहरी आन्दोलित

सेवा सुबिधा न्यून भएको भन्दै हुम्लामा निर्वाचन प्रहरी आन्दोलित

  • मङ्लबार, फाल्गुन ५, २०८२
सेवा सुबिधा न्यून भएको भन्दै हुम्लामा निर्वाचन प्रहरी आन्दोलित

हुम्ला — कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा निर्वाचन प्रहरीले आन्दोलन गरेका छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका ५ सय ९५ जना निर्वाचन प्रहरीले सेवा–सुविधा न्यून भएको गुनासो गर्दै आन्दोलनमा उत्रिएका छन ।मंगलबार निर्वाचन प्रहरीले जिल्ला प्रशासन कार्यालय हुम्लाको मूल गेट अगाडि टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन । आफ्ना सेवा–सुविधा कटौती गरिएको आरोप लगाउँदै निर्वाचन प्रहरी आन्दोलन सुरु गरेका छन

निर्वाचन प्रहरीले जोखिमपूर्ण क्षेत्रमा काम गर्दा समेत तोकिएको भत्ता, आवास र खानाको उचित व्यवस्था नभएको तथा आएको रकमसमेत कटौती गरिएको दाबी गरेका छन । दुर्गम भौगोलिक अवस्था, कडा चिसो र यातायातको अभावका कारण ड्युटी निर्वाह गर्न निकै कठिन भइरहेको बताएका छन ,।

नेपाल सरकारले उपलब्ध गराउने भनिएको पोशाक, न्यानो कपडा, दैनिक भत्ता र बसोबास व्यवस्थामा समेत कमजोरी रहेको निर्वाचन प्रहरीको गुनासो छ ।हामी निर्वाचन सुरक्षामा चौबीसै घण्टा खटिएका छौँ, तर न्यूनतम सुविधा नहुँदा काम गर्नै गाह्रो भएको छ, आन्दोलनमा सहभागी एक नाम बताउन नचाहने पुरुष निर्वाचन प्रहरीले बताएका छन । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीका अनुसार निर्वाचन निर्वाचन प्रहरी कार्यविधि २०८२ अनुसार पाउने सेवा–सुविधा सम्बन्धित व्यक्तिको बैंक खातामै जाने व्यवस्था रहेको जानकारी गराएका छन ।
पोशाक र तालिम अवधिमा १० दिनको तालिमका क्रममा गरिएको खाना–नास्ता खर्च सम्बन्धी विषयलाई लिएर गलत बुझाइका कारण विवाद उत्पन्न भएको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।निर्वाचन जस्तो संवेदनशील समयमा सुरक्षामा खटिएका निर्वाचन प्रहरी असन्तुष्ट हुँदा सुरक्षा व्यवस्थामै असर पर्न सक्ने भन्दै स्थानीय नागरिक अगुवाले समस्या समस्या समधान एथाशिघ्र गर्न आग्रह गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार