मुगु —हिमाली बस्तीमा आज देखि ग्याल्पोल्होसार पर्व सुरु भएको छ । यस जिल्लाको मुगुम कार्मारोङ्ग गाउपालिकाको बिभिन्न बस्ती ग्याल्पो ल्होसार पर्वमा रमाउने गरेका छन ।ल्होसारको रमझमले दिन बितेको पत्तो छैन । पुरानो बर्ष सकिने र नया“ बर्ष सुरु हुने खुशीयालीमा हिमाली भेगमा बसोबास गर्ने आदिबासी जनजातिका समुदायको निम्ति ग्याल्बो ल्होसार प्रमुख चाड मानिन्छ ।यस ल्होसारमा जनजाति समुदायहरु पर्वको खुशीयालीमा खानपिन नाचगानमा ब्यस्त छन जनजातिको प्रमुख बाहुल्यता मानिने त्यस गाउ“पालिकाको चितै, डोल्फू, कार्ति, किम्री, पुवा, रिउस, दाउरा, मह, पुवा, माग्री लगायत १२ वटा बस्तीमा ग्याल्बो ल्होसारको रमझम छ ।
जसरी क्षेत्रि बाहुन ठकुरी समुदायले दसैं तिहार रमझम गरेर मनाउछन त्यसै गरि आदिबासी जनजाति बर्गले पनि ग्याल्पो ल्होसार उत्साह र उमंग तरिकाले बनाउने गरेका छन । हिमाली बस्तीका जनजाति समुदाय ग्याल्पो ल्होसारले रमझम छाएको माग्री गाउ“का सोनाम तामाङले बताए । करिव एक महिना सम्म ल्याल्बो ल्होसार मनाउने गरिएको उनको भनाई छ । सोनाम ल्होसार सकिए लगतै फागुन पुन ग्याल्बो ल्होसार प्रारम्भ हुने स्थानीयको भनाई छ । ग्याल्बो ल्होसार बिशेष गरेर ठूलाबडाले मनाउने चलन छ ।
ल्होसार प्रारम्भको दिनमा घरपरिवारले रातो टिका लगाउने सल्लोको लिङ्गो ल्याएर घरमा रोप्ने त्यसमा धजा चढाउने गर्ने गरेका छन । ल्होसारको उत्साहमा दिनभरि खानपिन गर्ने र सा“झपखतिर युवायुवतीहरु घर आ“गन खेतबारमा गएर भोटे सेलो नाचेर रमाइलो गर्ने गरेका छन । हरेक दिन पुजापाठ गर्ने बुद्धको मुर्तिमा जल खानेकुरा चढाउने गर्छन । युवातन्नेरीहरु बिद्यालयको चौर सार्बजनिक स्थानमा गएर परम्परागत धनुषबाण खेल खेलेर रमाउने गर्छन ।
धनुष बाण खेलमा छयाङ रक्सी बाजी राख्ने र जसले ताकेको स्थानमा धनुष हान्छ त्यसैले एक बोतल छ्याङ खाने चलनले गर्दा युवातन्नेरीमा निकै उत्साह देखिने गरेको छ । ल्होसार पर्वमा लामागुरु अतिथिहरुलाई एक बर्ष पुरानो छ्याङ दिने चलन छ । बौध धर्मालम्बिको निम्ति ग्याल्बो ल्होसार ठूलो पर्व हो मह गाउका पासाङ तामाङले भने यो चाडमा जनजाति बस्तीमा निकै रमझम हुने गरेको छ ।
ब्यापार ब्याबसायको निम्ति घर बाहिर गएका स्थानीय ग्याल्बो ल्होसार मनाउन घर फर्किने गरेका छन । सोनाम ल्होसारकै अबसरमा ताखा गाउ“को तेजीगुफको बौद्ध स्तुपामा ठूलो पुजापाठ गरिएको छ । ल्होसारमा तिहारबगरमा रहेको बौद्धगुम्बा पनि मेला लाग्ने गरेको छ । १२ वटै गाउ“बस्तीका स्थानीय त्यहा“ भेला भएर पुजापाठ नाचगान गर्ने गरेका छन । ल्होसारको निम्ति स्थानीयले बिभिन्न ठाउ“ बाट रातो चामल ध्यू तेल मैदा, सातु दुई चार महिना अघि देखि नै जम्मा गर्ने गरेका छन ।
ल्होसार पर्व सकिएपछि खेतीपातीको काम सुरु हुने गरेको छ । चिसो छल्न औलतिर झरेका स्थानीय पनि गाउ“तिर उक्लिने गरेका छन । मुगम कार्मारोङ गाउ“पालिकाको १२ वटा बस्तीमा ग्याल्बो ल्होसारको रमझम भएपनि माथिल्लो मुगु गाउ“ भने सुनसान छन छाया“नाथ रारा नगरपालिकाको गमगढी बजार क्षेत्रमा बसोबास गर्दै आएका मुगम कार्मारोङ गाउ“पालिकाका जनजातिहरु पनि सोनाम ल्होसारमा रमेका छन । आफना इष्टमित्रलाई बोलाएर खादा लगाईदिने र मिठो खुवाउनमा ब्यस्त छन । जनजातिको बस्तीमा ग्याल्बो ल्होसारको खुशी उमंगले छाएको मुगम कार्मारोङ गाउ“पालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताए ।