बुधबार, फाल्गुन ६, २०८२
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • देश
  • कांग्रेसले आज जनकपुरघाम बाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै

कांग्रेसले आज जनकपुरघाम बाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै

  • बुधबार, फाल्गुन ६, २०८२
कांग्रेसले आज जनकपुरघाम बाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै

मुगु —कांग्रेसले आज मदेश प्रदेशको राजधानी जनकपुरघाम बाट फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको छ । मधेश केन्द्रित औपचारिक शक्ति प्रदर्शन सहित चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको कांग्रेसले जनाएको छ ।
मधेशका ८ वटै जिल्लामा नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरिने कांग्रेसले जनाएको छ । करिब एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रमको व्यवस्थापन गरिएको छ ।

सोही सभामा पार्टी सभापति गगन थापा  उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष  नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा कांग्रेसको चुनावी अभियानलाई थप गति दिने आसा अपेक्षा गरिएको छ ।घोषणापत्रमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य संरचना निर्माण, लगानीमैत्री वातावरण र सुशासन जस्ता विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार