बुधबार, फाल्गुन ६, २०८२
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ, पुर्वराजा ज्ञानेन्द्र शाह

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ, पुर्वराजा ज्ञानेन्द्र शाह

  • बुधबार, फाल्गुन ६, २०८२
राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ,  पुर्वराजा  ज्ञानेन्द्र शाह

मुगु — पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुने बताउनु भएको छ ।प्रजातन्त्र दिवसको  पूर्वसन्ध्यामा बुधबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले निर्वाचन पछि कुनै द्वन्द्व, अशान्ति नहुने प्रतिवद्धता सहित राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने बताउनु भएको छ ।अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्ष बीच सहमति गरेर मात्र चुनावमा जानु उपयुक्त हुन्छ, उहाको भनाई छ ।
देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको छ,। संघर्षको आडमा गरिएका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ, .

पुर्वराजा शाहको भनाइ छ । उहाले फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग आग्रह गरेका छन । देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको उहाले बताउनु भएको छ ।उहाँले देशको भू–बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो हुने जिकिरसमेत गर्र्नु भएको छ ।पुर्वराजा शाहले विगतका आन्दोलन र संघर्षको आडमा परिवर्तन भए पनि सबै नागरिकले के पाए भन्ने समीक्षा गर्ने बेला आएको बताउनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार