बिहिबार, फाल्गुन ७, २०८२
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • राजनीति
  • कर्णालीमा रास्वपाका उम्मेदवार चुनावी प्रतिस्पर्धामा

कर्णालीमा रास्वपाका उम्मेदवार चुनावी प्रतिस्पर्धामा

  • बिहिबार, फाल्गुन ७, २०८२
कर्णालीमा रास्वपाका उम्मेदवार चुनावी प्रतिस्पर्धामा

सुर्खेत —आगामी फागुन २१ गते हुने प्रतिनिधिसधा सदस्य निर्वाचनका लागि साविकको कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु यति बेला भोट मतदाता संग भेटघाटमा ब्यस्त छन ।
पुरानो राजनीतिक दल कांग्रेस, एमाले र माओबादीको बलियो आधार मानिएको माथिल्लो कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा रास्वपालाई चुनाव जित्न उतिकै गाह्रो छ । कर्णालीमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका रास्वपाका उम्मेदवारहरु ठूला दलको गठ भत्काउने दाउमा उत्रिएका छन ।
जुम्लामा विनिता कठायत, मुगुमा भुवन टमाटा, हुम्लामा टासी लाजोम र कालिकोटमा प्रकास न्यौपाने यति बेला चुनावी मैदानमा छन । सबै उम्मेदवार नया“ र युवापुस्ताका छन । निर्वाचन नजिकीदै जा“दा कर्णालीका रास्वपाका उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याई छ ।
भौगोलिक बिकटता संगै मानविय पातलो र टाढा—टाढा रहेको बस्तीमा पुगेर मतदाता संग भोट भाग्न उम्मेदवारहरु तम्सिएका छन । आफना चुनावी मुद्दा लिएर उम्मेदवार भोट माग्न घरदैलो अभियानमा जुटेका छन । हुम्लाकी लाजोमले जलवायु न्याय र दिगो बिकास आर्थिक रुपान्तरणका लागि उदमशीलता चुनावी मुद्दा सहित हात घण्टी बोकेर भोट माग्न घरदैलो अभियानमा ब्यस्त छिन ।
ठूला पार्टीलाई टक्कटर दिदै लाजोमले हुम्ला अदानचुली गाउपालिका बाट भोट माग्ने अभियान सुरु गरेकी हुन । मुगुका रास्वपाका उम्मेदवारले भुवनले पनि आफनो चुनावी मुद्दा लिएर मतदाता संग भोट माग्न ब्यस्त छन ।
भ्रष्टचार न्यूनिकरण, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक रुपान्तत्रण लगायत चुनावी मुद्दा लिएर भुवन मतदाता संग भोट माग्न दौडधुप गरि रहेका छन । तीन ठूला पार्टीको बलियो रहेको मुगुमा भुवनलाई चुनाव जित्न चुनौती छन ।
मुगुको चार वटै स्थानीयतहको बस्ती पुगेर भुवनले भोट मागि रहेका छन । बिगतमा पुराना पार्टीलाई हेरेयौ अब नया पार्टीलाई हेर भनेर भुवनले मतदाता सित भोट माग्ने गरेका छन ।
कालिकोटमा प्रकास र जुम्लाकी विनिता पनि भोट माग्न घरदैलो अभियानमै ब्यस्त छन । मुख्य चुनावी एजेण्डा लिएर घरदैलो अभियानतिर छन । चुनाव नजिकीदै गर्दा मतदातालाई भेटघाट गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ ।

चर्चामा

सम्बन्धित समाचार