मुगु —नेपाली कांग्रेस मुगुले आज पत्रकार सम्मेलन गरि वाचा होईन काम , नारा होईन परिणाम भन्ने मुल नारा सहित चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरि कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खड्ग बहादुर शाहीले आफ्नो चुनावी प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन । उक्त प्रतिज्ञा पत्रको मुख्य नारा वाचा होईन काम , नारा होईन परिणाम रहेको छ ।
सार्वजनिक गरिएको प्रतिज्ञा–पत्रमा बिशेष गरेर कृषि, पर्यटन, शिक्षा , स्वास्थ्य , भौतिक पूर्वाधार, ऊर्जा र रोजगारीका योजनाहरू समावेश छन ।
सोही प्रतिज्ञा–पत्र अनुसार जिल्ला अस्पताल मुगुको १५ शैया लाई ५० शैया सुविधा सम्पन्न अस्पताल निर्माणका लागि पहल गरिने उल्लेख छ । त्यसै गरि सर्वसाधारणको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न नियमित स्वास्थ्य सम्बन्धी अभियान सञ्चालन गरिने र जीवन रक्षा कोष अन्तर्गत जटिल रोग र आकस्मिक दुर्घटनामा परेका विभिन्न नागरिकका ५० लाखको निशुल्क उद्दार तथा उपचार कोष खडा गरिने बताइएको छ ।
सोरु दोमुख गमगढी मुगु नाक्चेलाग्ना सडक चाईना सँग सजिलै जोड्दै ब्यापार सहजीकरण गर्नको निम्ति पाँच वर्ष भित्र गमगढी मुगु नाक्चेलाग्ना सडक सम्पन्न गर्न हरपल कदम अगाडी बढाईने प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ ।
रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरु लाई यहाँको आर्थिक अवस्था माथि उकास्न एक रात गमगढी बास अभियान थालनी गरिने छ ।
दुर्गम बस्तीहरूलाई सडक सञ्जाल सँग जोड्न विशेष पहल गरिने प्रतिज्ञा–पत्रमा उल्लेख छ ।एक घर एक धारा कार्यक्रममार्फत सुरक्षित खानेपानीको पहुँच विस्तार गरिने रहेको छ । सूचना प्रविधिको पहुँच वृद्धि गरिने प्रतिबद्धता गरिएको छ ।हरेक सामुदायिक विद्यालयमा आवासिय विद्यालय रुपमा लिई सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना पनि प्रतिज्ञा–पत्रमा समावेश छ । जिल्लाको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र जडीबुटी क्षेत्रमा व्यावसायिकरणलाई जोड दिइएको छ ।उच्च तह प्राविधिक तह तर्फ अध्ययन गर्न मुगुमा नर्स, एच.ए , सबईन्जिनियर , फरेस्टिरी लगायतका बिषयमा पढाई हुने कलेजको स्थापना गर्न पहल गरिने प्रतिज्ञा पत्रमा लेखिएको छ ।