मुगु-नेपालीकांग्रेसका सभापति गगन थापाले नेपाललाई ५ बर्ष भित्र भ्रष्टचार मुक्त बनाउने बताएका छन । राष्ट्रिय सभागृह बाट प्रतिज्ञापत्रको सन्दर्भमा प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले नेपाललाई ५ बर्षभित्र भ्रष्टचार मुक्त बनाउने यो बदलिएको कांग्रेसको संकल्प हो सभापति थापाको भनाई रहेको छ ।
चुनावको बेला होइन, सरकार बनिसके पछि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन हुन दिदैनौँ सभापति थापाले भने नियुक्त दल होइन अब्बल रोज्छौ । प्रधानमन्त्री दूई पटक भन्दा बढी हुन पाइने छैन कार्यालय केन्द्रीत सेवा होइन नागरिक केन्द्रीत सेवाको बिस्तार गर्छौ उहाको भनाई छ ,। सभापति थापाका अनुसार १० लाख आम्दानी हुनेलाई एक रुपैया पनि कर नलाग्ने ब्यबस्था गर्छौ ।
बदलिएर आएको कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ उहाले भन्नुभयाृ हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जाने छौ । युवाहरु भबिष्याका कर्णधार होइन बर्तमानका साझेदार हुने थापाले बताउनु भयो । संघमा १६ र प्रदेशमा ६ मन्त्रालय हुने ब्यबस्था गरिने उहाको भनाई छ । सभापति थापाले भने गठबन्धनले नेपालको राजनीतिलाई दुषित बनाएको छ त्यसैले हामी चुनाव गठबन्धन गर्दैनौ ।