मुगु —राष्टिय स्वतन्त्र पार्टी रास्वपा मुगुले आफनो चुनावी बाचा पत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिसभा सदस्यको चुनावको लागि मुगु रास्वपा पार्टीका उम्मेदवार भुवन टमाटाले चुनावी वाचा पत्र सार्वजनिक गरेका छन ।सोही बाचापत्रमा हरेका गाउपालिकामा उच्च गतिको इन्टरनेट सामुदायिक वाइफाइ जोन डिजिटल साक्षरता अभियान संचालन गर्ने । उच्च गतिको इन्टरनेट स्टारलिंक उपग्रह आधारिरत सेवा प्रदान गरिने ।युवाहरुलाई ग्राफिक डिजाइन कन्टेन्ट राइटिंग प्रोगामिंङ डाटा इन्ट्रमा सहभागी गराइने । बिकट बस्तीका नागरिकलाई सस्तो दरमा इन्टनेट र मोवाइल सेवा उपल्बध गराइने वाचापत्रमा उल्लेख गरिएको छ ।
यस्ता छन रास्वपाका बाचा
१ लाइफलाइन स्वास्थ्य हेलिकप्टर सेवा
२ स्मार्ट स्वास्थ्य केन्द्र स्थापना
३ मुगु जिल्ला अस्पतालको समग्र बिकास
४ मानसिक स्वास्थ्य सेवा संचालन
५ रारा एडभेन्चर स्पोर्ट एकेडमी स्थापना
६ प्रत्येक गाउपालिकामा खेलमैदान
७ बिद्यालय खेल क्रान्ति
८ मुगु चेली कार्यक्रम
९ खेलकुद र पर्यटन एकिकरण
१० प्रतिभा खोज र बिकास कार्यक्रम
११ सास्कृति र शिक्षा केन्द्र
१२ पबित्र प्राकृतिक संरक्षण केन्द्र
१३ चाडपर्वको संरक्षण र सहभागीता