बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • नेपाल भारत बीच जैविक विविधता संरक्षण सम्बन्धी द्विपक्षीय समझदारी

नेपाल भारत बीच जैविक विविधता संरक्षण सम्बन्धी द्विपक्षीय समझदारी

  • बिहिबार, फाल्गुन १४, २०८२
नेपाल भारत बीच जैविक विविधता संरक्षण सम्बन्धी द्विपक्षीय समझदारी

तस्विर वन तथा वातावरण मन्त्री माधव चौलागाईको सामाजिक सञ्जाल बाट

काठमाडौ —वन तथा वातावरण मन्त्री माधव चौलागाईले नेपाल  भारत बीच जैविक विविधता संरक्षण सम्बन्धि द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको बताउनु भएको छ । मन्त्री चौलागाईले बिहिबार आफनो समाजिक सञ्जालमा भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव संग भेट गरि नेपाल भारत बीचको जैविक विविधता संरक्षण सम्बन्धि पत्रमा हस्ताक्षण भएको जनाएका छन ।

यस समझदारी पत्रमा भारतका लागि नेपालका राजदुत डा. शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव श्री तन्मय कुमारले हस्ताक्षार गर्नु भएको उल्लेख गर्नु भएको छ । यो समझदारीले दुवै देशले संरक्षित क्षेत्र, जैविक विविधता र वन्यजन्तुको अपराध नियन्त्रणको क्षेत्रमा एक आपसमा समन्वय र सहकार्य गर्न, जैविक विविधता सम्बन्धि साझा रणनीति अवलम्बन गर्ने उहाले बताउनु भएको छ ।

मन्त्री चौलागाईका अनुसार फिल्डमा कार्यरत कर्मचारीको क्षमता विकास गर्न, सिमा वारपार क्षेत्रमा हुने वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण र नियमन गर्न, जैविक विविधता संरक्षण गर्नका लागि साझा रणनीति तयार गर्न, वन्यजन्तुको वारेमा संयुक्त रुपमा अध्ययन अनुसन्धान तथा अनुगमन गर्न र स्थानीयस्तरमा जनचेतना र क्षमता विकासका कार्य गर्न यस समझदारी पत्रले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री चौलागाईले उल्लेख गर्नु भएको छ । मन्त्री चौलागाई बिश्व दिगो बिकास शिखर सम्मेलन 2026  कार्यक्रममा सहभागी हुने केही दिन अघि भारत भ्रमणमा जानु भएको मन्त्रीको  निजी सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार