मङ्लबार, फाल्गुन १९, २०८२
मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • देश
  • पहाडी जिल्लामा आज होली पर्वको उल्लास

पहाडी जिल्लामा आज होली पर्वको उल्लास

  • सोमवार, फाल्गुन १८, २०८२
पहाडी जिल्लामा आज होली पर्वको उल्लास

मुगु —पहाडी जिल्लाहरुमा आज होली पर्व हर्षोल्लासका साथ मनाइदै छ । सरकारले होली पर्वको उपलक्ष्यमा पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ ।होली पर्व असत्य माथि सत्यको, अन्यायमाथि न्यायको विजयको सन्देशसहित प्रेमभाव र आत्मीयताका साथ एकापसमा अबिर तथा रङ दलेर रमाइलो गरि मनाइने चलन छ ।
राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुले होली पर्वको शुभकामना सन्देश दिएका छन । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोली पल्ट तराई र मधेशका जिल्लाहरूमा होली पर्व खुशीयाली साथएकापसमा अबिर तथा रङ दलेर मनाइने गरिन्छ

चर्चामा

सम्बन्धित समाचार