मङ्लबार, फाल्गुन १९, २०८२
मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • समाज
  • होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस, राष्ट्रपति पौडेल

होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस, राष्ट्रपति पौडेल

  • सोमवार, फाल्गुन १८, २०८२
होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस,  राष्ट्रपति पौडेल

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व होली एक आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्टपति पौडेलले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने उल्लेख गरिएको छ रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा हर्षोल्लास र खुशीयालीका साथ मनाउने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार