मङ्लबार, फाल्गुन १९, २०८२
मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • समाज
  • काठमाडौ बसन्तपुरमा होली पर्वको उल्लास

काठमाडौ बसन्तपुरमा होली पर्वको उल्लास

  • सोमवार, फाल्गुन १८, २०८२
काठमाडौ बसन्तपुरमा होली पर्वको उल्लास

काठमाडौ—वसन्तपुमा होली पर्वको उल्लास देखिएको छ । युवा युवतीहरु बसन्तपुरमा रङ र अबिर दलेर खुशीयाली मनाई रहेका छन । बिदेशी पाहुना पनि वसन्तपुरमा होली खेलेर रमाइरहेका छन । वसन्तपुर रंगीबिरंगी रंग रंगीएको छ ।
आज नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा एकापसमा रङ र अबिर दलेर उत्साहपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्वलाई आपसी मेलमिलाप, सद्भाव र खुसी साटासाट गर्ने महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ । सरकारले होली पर्वको उपलक्ष्यमा पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ ।होली पर्व असत्य माथि सत्यको, अन्यायमाथि न्यायको विजयको सन्देशसहित प्रेमभाव र आत्मीयताका साथ एकापसमा अबिर तथा रङ दलेर रमाइलो गरि मनाइने चलन छ ।
राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुले होली पर्वको शुभकामना सन्देश दिएका छन । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोली पल्ट तराई र मधेशका जिल्लाहरूमा होली पर्व खुशीयाली साथएकापसमा अबिर तथा रङ दलेर मनाइने गरिन्छ

चर्चामा

सम्बन्धित समाचार