बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • बागमती प्रदेश
  • चेरी फुल दियो शान्ति र आसाको सन्देश

चेरी फुल दियो शान्ति र आसाको सन्देश

  • बुधबार, फाल्गुन २०, २०८२
चेरी फुल दियो शान्ति र आसाको सन्देश

काठमाडौ — यति बेला राजधानीको सडक छेउछाउमा चेरी फूल फुलेर ढकमक्क छ । वसन्त ऋतु आगमन संगै लैनचौर, लाजिम्पाट, बालुवाटार, गोठाटार, लगायत सडक छेउमा चेरी फुलेर ढकमक्क भएपछि सडकमा सौन्दर्यता छाएको छ । यो फुललाई जापानी भाषामा साकुरा र अग्रेजीमा ब्लसम् भनेर चिन्ने गरिन्छ । रैथाने भाषामा पैयू आरु भनिन्छ ।
सडक किनारमा रातो र सेतो प्रजातिको चेरी फूलले ढकमक्क भएपछि मानिसहरु प्रफुल्लित देखिने गरेका छन । सवारी साधनको चाप संगै धुवा धुलो बाट आजित भएका मानिसहरु यति बेला चेरी फुलले हर्षित बनाएको छ । पैदलयात्रीहरू चेरी फुलको फोटो भिडियो खिच्न टिकटक बनाएर रमाउन थालेका छन । हिजोआज फुलको आक्रर्षणले मानिसहरु सडकमा हिडन मन पराउने गरेका छन ।
चेरी फुल देखेर बिदेशी पर्यटक पनि रमाउन थालेका छ ।
चेरी फुलले गर्दा राजधानीको सडकको सौन्दयर्ता बढाएको छ । फुलको रस चुस्न मौरी भमरा गुनगुनाउने गरेका छन । हल्का गुलाबी झैं देखिन चरीे फूलले सौन्दर्य मात्र होइन शान्ति, र आशाको सन्देश पनि दिएको छ । यो फुल चाडै फक्रेर झर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार