बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • देश
  • देशभर आज प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान

देशभर आज प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान

  • बिहिबार, फाल्गुन २१, २०८२
देशभर  आज प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान

मुगु —आज देशभर उत्साह पूर्वक प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मतदान हुदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपरान्ह ५ बजेसम्म एकै चरणमा मतदान गरिने छ ।मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यस अघि २०७४ र २०७९ सालमा निर्वाचन भएको होआज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।
यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदान स्थल रहेका छन ।नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवती लगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार