काठमाडौ —प्रतिनिधिसभा सदस्य निर्वाचनकन लागि दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगले दिएको जानकारी अनुसार अहिलेसम्म ७४ लाख १४ हजार १ सय १ मत खसेको छ । कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको छ ।
सबैभन्दा बढी कोशीमा ५८ प्रतिशत अर्थात १३ लाख ५९ हजार ८ सय १६ मत खसेको छ । त्यस्तै सबैभन्दा मत लुम्बिनीमा ३८ प्रतिशत मत खसेको छ । लुम्बिनीमा १३ लाख ६७ हजार ९ सय ६६ मत खसेको छ । १५ निर्वाचन क्षेत्र रहेको उपत्यकामा ५१ प्रतिशत अर्थात ६ लाख २४ हजार ९ सय ३४ मत खसेको छ । उपत्यकाको कुल मतदाता संख्या ११ लाख ८५ हजार ३ सय ७४ रहेको छ । अहिले देशभर छिटफुट घटना बाहेक शान्ति र उत्साह पूर्ण मतदान कार्य भइरहेको छ ।