काठमाडौ– प्रतिनिधिसभा सदस्य निर्वाचन आज शन्तिपूर्ण सम्पन्न भएको छ । बिहिबार बिहान ७ बजे बाट देशभर मतदान कार्य सुरु भई ५ बजे सम्पन्न भएको छ ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन । प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन । त्यसै गरि समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भएको छ ।निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो । १४३ अस्थायी मतदानस्थल तय भएका थियो ।