मुगु —नेपाल पत्रकार महासंघ मुगु जिल्लाका संस्थापक अध्यक्ष एवम अग्रज पत्रकार बिनोद कुमार मल्ललाई मातृशोक परेको छ । उनकी ९४ बर्षिय आमा रुपा मल्लको ६ दिन अघि मृत्यू भएपछि मातृशोक परेको हो ।
मल्ल अहिले आमाको १३ औं दिनको काजकिरियापुत्री कार्यमा बसेका छन । बिगत लामो समय देखि जिल्लाको बिकास निर्माण जनचेतना, सफताका कथा, पर्यटन क्षेत्र, खडेरी, भोकमरी, जलवायु, जलबिद्युत, जडिबुटी, लगायत क्षेत्रमा कलम चलाउदै आएका मल्ललाई यति बेला मातृशोक परेको छ ।
नेपाल पत्रकार महासंघ मुगु शाखालाई संस्थापना र स्तरबृद्धि देखि जिल्लामा संचारकर्मीको संख्या उत्पादन गर्न उनको ठूलो भूमिका रहेको छ । पत्रकार भएपछि जिल्लाका राम्रा वा नराम्रा बिषयमा सधै कलम चलाई सहनु पर्छ भन्ने मल्लको ध्यये हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका उनी पेशागत हिसावले स्थायी शिक्षक पनि हुन । साथै मल्ल बिगत लामो समय देखि सरकारी संचारमाध्यम रेडियो नेपालमा पनि जिल्लामा रिपोटिङ गर्दै आउनु भएको छ । मल्लकी आमा प्रति हार्दिक श्रद्धाञ्जली ।।