मुगु —जुम्लामा राष्टिय प्रजातन्त्र पार्टी राप्रपाका ज्ञानबहादुर शाही ज्ञानेन्द्र प्रतिनिधिसभा सदस्यमा दोश्रो पटक विजयी भएका छन । अघिल्लो पटकको प्रतिनिधिसभा सदस्यमा शाही जुम्ला बाट निर्वाचित भएका थिए । शाहीले १४ हजार ८ सय १६ मत प्राप्त गरि प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली कम्यूनिष्ट पार्टीका नेकपाका नरेश भण्डारीले नेपाली कम्युनिष्ट पार्टीका भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका ७ हजार १ सय ४३ मत प्राप्त गरि पराजित भएका छन । नेकपा (एमाले) शान्ति लाल महतले ४ हजार ५ सय १८ मत प्राप्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायतले ४ सय २१, नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले चार सय, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११, नेपाल जनता पार्टी रनिल बिक्रम शाहीले ४३, नेपाल कम्युनिष्ट पार्टीका बिर्खबहादुर शाहीले ७० र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १४ मत प्राप्त ल्याएका छन । जुम्लामा कुल ७१ हजार ७ सय ३९ मतदाता रहेकोमा ४० हजार ८ सय ३९ मत खसेको हो