काठमाडौ —झापा क्षेत्र नं ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन । बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६सय १४ मतले पराजित गरि बिजयी भएका छन । शाहले ६८ हजार ३४८ मत ल्याएका छन भने ओलीले १८ हजार ७ सय ३४ मत ल्याएर पराजित भएका छन । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । उनी काठमार्डा महानगरपालिकाका पूर्व–नगरप्रमुख पनि हुन ।