मुगु —कर्णाली प्रदेश अन्त्र्रगत मुगु जिल्ला बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खडगबहादुर शाही बिजयी भएका छन । शाहीले ७ हजार ९ सय १४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा पहिलो पटक बिजयी भएका छन ।
उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पूर्णहादुर रोकायाले ६ हजार ७ सय १७ मत ल्याएर पराजित भएका छन । त्यसै गरि नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले ५ हजार ५ सय ५८ मत प्राप्त गरेका छन । देशैभरि जनलहर चलेको रास्वपा पार्टीका भुवन टमाटा भने ५ सय १४मत ल्याएका छन ।
त्यसै गरि राप्रपाका बलबहादुर मल्लले २ सय १५ मत प्राप्त गरेका छन । नेकपा माओकादीका रंगबीर परियारले २ सय ८० मत र प्रगतीशिल लोकतान्त्रिक पार्टीका एटन मल्लले २३ मत ल्याएका छन । मुगुमा कुल मतदाता संख्या ३६ हजार ३१ रहेको छ । भने २२ हजार १ सय १५ मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल खसेको मत मध्ये ८ सय ४६ मत बदर भएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाही २०२४ सालमा मुगुको खत्याड गाउँपालिकामा जन्मिएका हुन । प्लस टुसम्मको अध्ययन पूरा गरेका उनै शाहीलाई नेपाली कांग्रेसले मुगु बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार हुन ।
स्थानीय राजनीतिमा रहेर सामाजिक कार्यमा रहेका शाहीको उम्मेदवारीलाई लिएर मुगु कांग्रेसभित्र एउटा नारा छ– सही व्यक्ति सही ठाउँ’ । यही नारा लिएर उनी चुनावी प्रचार खटिएका थिए । शाही २०४६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । २०४६ सालको आन्दोलनमा सरिक भएका उनी त्यसक्रममा पक्राउ परे ।
एक साता जेल पनि बसे ।२०५२ सालमा उनी मुगु जिल्ला कांग्रेस उपसभापति भए । राजनीतिका अलावा सामाजिक गतिविधिमा पनि सरिक हुँदै अगाडि बढे । २०७२ सालमा मुगुको जिल्ला सभापति भएर काम गरे । २०५२ साल यता उनी निरन्तर कांग्रेस महाधिवेशन प्रतिनिधि छन् ।
्उनी २०७४ सालमा प्रदेश सभा सदस्यको उम्मेदवार थिए । तर, पराजित भए । नेकपा एमालेबाट चन्द्रबहादुर शाहीले ६ हजार ८४५ मत पराजित गराएका थिए । २०७९ मा मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही ठकुरी १४ हजार ७०६ मत ल्याएर निर्वाचित भएका थिए । अहिले दोश्रो पटक खडगबहादुर शाहीले मत ल्याएर चुनाव जित्न सफल भएका छन ।