बुधबार, फाल्गुन २७, २०८२
बुधबार, फाल्गुन २७, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई

  • सोमवार, फाल्गुन २५, २०८२
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई

काठमाडौ —भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन बाट सफलताको बधाई दिनु भएको छ ।प्रधानमन्त्री मोदीले सोमबार सामाजिक सञ्जाल ‘मार्फत दुवै नेतासँग आफ्नो टेलिफोन संवाद भएको जानकारी गराउनु भएको छ ।

रास्वपाको नेतृत्वमा बन्न लागेको आगामी नयाँ सरकारलाई शुभकामना दिँदै प्रधानमन्त्री मोदीले नेपाल र भारत दुई देशबीको आपसी समृद्धि, प्रगति र भलाइका लागि नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने विषयमा जोड दिँदै प्रधानमन्त्री मोदीले समाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ लिने कुरामा म पूर्ण रूपमा विश्वस्त छ ।

 

चर्चामा

सम्बन्धित समाचार