सुर्खेत —कर्णाली प्रदेशमा नेपाली कांग्रेस समानुपातिक तर्फ पहिलो दल भएको छ । प्रत्यक्षमा पनि ५ सिट जितेर कर्णालीमा कांग्रेस पहिलो भएको छ ।समानुपातिकको अन्तिम परिणाम अनुसारमा नेपाली कांग्रेसले १ लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १ लाख ३३ हजार ७४९ मत सहित दोस्रो स्थान हासिल गरेको छ ।
एमाले १ लाख २० हजार ८६३ मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टी १ लाख सात हजार १०१ मत ल्याएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ । कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ हजार ६७५ मत प्राप्त गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।