काठमाडौ —प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा देशभरी कुल १ करोड ७ लाख ३० हजार ५ सय ५१ मत गणना भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरि अग्रस्थान कार्यम गरेको छ । रास्वपाले पाएको यो उल्लेखनीय मत परिणम हो । कांग्रेस १७ लाख ४७ हजार ७ सय ३७ मत सहित दोस्रो स्थानमा छ ।नेकपा एमालेले १४ लाख ४८ हजार ३ सय १८ मत ल्याएर तेस्रो स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ३ हजार ६ सय २७ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५ सय ८७ मत ल्याएको छ राप्रपा पार्टीले २ लाख २९ हजार ४ सय ५७ मत ल्याएको छ । जनता समाजवादी पार्टी, नेपालले एक लाख ७४ हजार ३०६ र राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएका छन् । निर्वाचन आयोगले अद्यवधिक गरेको विवरणअनुसार बुधबार बिहान पौने ७ बजेसम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना सकिएको छ।