काठमाडौ —नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उनको आज बिहान गठ्ठाघरस्थित अस्पतालमा ९७ वर्षको उमेरमा निधन भएको हो ।
केही समय यता अस्वस्थ रहेका मोहनप्रसाद ओलीको आज निधन भएको अस्पतालले जनाएको छ । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारीगरिएको र आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।