तपाईलाई रारा घुम्ने इच्छा छ भने सुरु गर्नुस रारा घुम्ने यात्रा । रारा घुमफिर गर्ने मौसम सुरु भएको छ । कर्णाली प्रदेशकै उत्कृष्ट रमणीय रारा तपाइलाई फर्खि राखेको छ ।गर्मी मौसम आगमन संगै रारामा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने गरेको छ ।
रारा घुम्ने उत्कृष्ट मौसम सुरु भएको रारा राष्टिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञ रोकायाले बताए । अब रारा घुम्न इच्छा भएका पर्यटकले यात्रा तय गर्नु पर्ने उनको भनाई छ ।
नेपालका बिभिन्न शहर काठमाडौ पोखरा बुटवल भैरहवा लगायत शहर देखि घुम्न आएका प्राकृतिक सुन्दरताले गर्दा घुम्न आएका पर्यटकरु रारामा मोहित हुने गरेका छन । दिनको तीन पटक रुप बदल्ने रारा तपाइको प्रतिक्षामा प्राकृति छटाहरु टल्काई रहेको छ । हिमालहरु चाँदी जस्तै टल्किने गरेका छन । निलो ताल हिरा झै चम्किरहेको छ ।
तपाई रारामा घुम्न आएको खण्डमा घोडा चढेर ताल वरपर रमाउन सक्नु हुनेछ तपाईको प्रतिक्षामा रारामा १ सय ५० वटा घोडा पर्खि बसेका छन । रारामा घोडा मात्र नभएर रबरका चार वटा ढुंगा पनि तपाईको प्रतिक्षामा छन रारा पुग्दा बित्तिकै ढुंगा चढेर तालमा रमाउनु सक्नु हुनेछ । असला जातका माछा तालमा तैरिरहेका चराहरु संग जिस्किने सक्नु हुनेछ । रारा तालको छेउ बाट ढुंगा चढेर मुर्माटप मिलिचौर माझघट्ट सम्म पुग्न तपाईलाई झनै आनन्द आउने छन ।
नेपाल बिभिन्न पर्यटकिय गन्त्ब्य भन्दा हिमालको हिरा भनेर चिनिने रारामा एक पटक पुग्नै पर्ने पर्यटन ब्याबसायि राजु कार्कीको भनाई छ । माघ देखि जेठ सम्म र भदौ देखि कार्तिक सम्म रारा घुम्न मौसम उत्कृष्ट हुने कार्कीले बताए । कार्कील भने रारामा छायाँनाथ तिर्थस्थलको पनि दर्शन गर्न पाइने भएको रारा धार्मिक पर्यटकियस्थल पनि हो ।
रारा पुग्ने मार्ग
नेपालकै उत्कृष्ट गन्त्ब्य रारा हेर्न आउने पर्यटकको लागि हवाई र कर्णाली राजमार्ग गरि दुई वटा मार्ग रहेका छन । नेपालगन्ज देखि हवाई मार्ग रारा एयरपोट सम्म पुग्न ३५ मिनेट र एयरपोट बाट रारा तालको किनार सम्म पुग्न गाडी बाट आघा घण्टा र पैदल हिडेर जाँदा एक घण्टा समय लाग्ने गरेको छ काठमाडौ नेपालगन्ज बाट गाडी जिप मोटर साईकल बाट पनि रारा पुग्न सकिन्छ । गाडी मोटर साइकल बाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला नाग्मा सिजा हुदै रारा पुग्न करिव दुई दिन लाग्ने गरेको छ । पहिले जस्तो रारा घुम्न आउन पर्यटकलाई कठिन नभएको हवाई जहाज र सडक मार्ग बाट सजिलै तरिकाले रारा पुगिने रारा एडभेन्चर प्रालिका प्रर्बधक निर्देशक एवम पर्यटन ब्याबसायि देबिकृष्ण रोकायाले बताए । बीच बाटोमा होटलको राम्रो ब्याबस्था भएको कर्णाली राजमार्गमा भएर आउने पर्यटकको लागि खान बास बस्न समस्या खेप्नु पर्ने अबस्था छैन । सुदुरपश्चिम कैलाली अछाम बाजुरा जिल्लाको कोल्टी हुदै मुगुको सुकाढिक बाट रारा पुग्ने मार्ग पनि छ ।
भिजिट कर्णाली टुर एण्ड ट्राभल्स रारा एडभेन्चर प्रालीले नेपालगन्ज राझा एयरपोटमा रारा घुम्न आउने पर्यटकको लागि हवाई टिकटको ब्याबस्था मिलाई दिने गरेका छन । भिजिट कर्णालीले तारा एयर र एभेन्चरले सिता एयरको टिकट मार्फत पर्यटकलाई रारा सम्म जान आते जातेको हवाई टिकट प्रबन्ध गर्ने गरेका छन । बिगत १५ बर्ष देखि भिजिट कर्णाली नेपालगञ्ज राँझाएयरपोट र काठमाडौं देखि रारा जाने पर्यटकलाई हवाई सेवा प्रदान गर्दै आएको छ ।
रारामा पाइने खाना
रारा घुम्न आउने पर्यटकलाई बिशेष गरि स्थानीय उत्पादनमा आधारित खाना बनाएर खुवाउने गरेको छ । रातो मार्सि धानको भात, मास तथा सिमिको दाल, आलुको तरकारी मह, कोदो गहुँको रोटी र फापरको बिभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताको रुपमा दिने गरेको छ ।
स्थानीय उत्पादनको स्वाद चाक्न पाउदा पर्यटकरु खुशी हुने गरेको छ । स्थानीय चिनो कागुनोको भात खिरको स्वाद चाक्न सकिन्छ । पर्यटकलाई स्थानीय उत्पादन हुने अन्नबालीको खाना नास्ता खुबाउने गरेको होटल ब्याबसायिको भनाई छ । रारा ताल नजिकै माझघट्टमा रहेको होमस्टेकमा पर्यटकलाई लोकल खाना उपलब्ध गराउने गरिएको छ ।
राराको कोसेली
रारा घुम्न आउने पर्यटकको निम्ति यहाँको सिमी, स्याउ, मह, कोसेलीको रुपमा चिनिने गरेको छ । रारा भ्रमणमा आएका पर्यटकहरुले सिमि, स्याउ मह कोसेलीको रुपमा किनेर लैजाने गरेका छन । मुर्मा, झयारी, पिना, कोटीला, सिगाडी लगायत गाउबस्तीका स्थानीयले सिमि, स्याउ, मह, बिक्री गर्न रारामा ल्याउने र पर्यटकले किन्ने गरेका छन स्याउ प्राय भदौ देखि मंसिर सम्म प्रयाप्त रुपमा पाइने गरेको छ ।
सिमी र मह भने बाह्रै महिना किन्न सकिन्छ । स्याउ प्रति किलो ३५ रुपैयाँ मुल्य पर्ने गरेको छ । सिमि प्रतिकिलो १ सय र मह प्रति माना ६ सय रुपैयाँ मुल्य पर्ने गरेको छ । अर्कोतिर टोप्ला गाउँका स्थानीयले लालीगुराँस जुस बनाएर पर्यटकलाई कोसेलीको रुपमा बेच्ने गरेका छन । मुगुमा उत्पादीत उन बाट बनेको राडीपाखी उनी टोपी सुइटर पनि राराको कोसेली हुन ।
राराको आक्रर्षण
मुगु जिल्लाको रारा ताल समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको छ । यसको गहिराई १ सय ६७ मिटर छ । रारा १०.८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ बिःस २०३२ सालमा स्थापना भएको रारा राष्टिय निकुन्ज क्षेत्रमा ३ प्रकारका हिमाली असला माछा २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चराहरु पाइने गरेको रारा राष्टिय निकुन्जको कार्यालयले जनाएको छ ।
रारा त्यसै प्राकृतिले आक्रर्षण रहेको अर्कोतिर जडिबुटी बन्यजन्तु चरा बिश्वमा लोप भएको असला जातका माछाले गर्दा राराको गौवर बढाएको रारा राष्ट्रिय निकुन्जका रेन्जर रन रोकायाले बताए ।
उक्त निकुन्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावर सहित रेडपाण्डा पाइने भएको छ । गुच्ची च्याउ पाँच औले कटुकी, सुगन्धवाल लगायत बिभिन्न प्रकारको जडिबुटी सहित कोणधारी जंगल र चैत बैशाखमा लालीगुराँस काँफल पनि पाक्ने स्थानीय बिर्खबहादुर रोकायाले बताए ।